६ कार्तिक २०८१, मंगलवार

बस दुर्घटनामा तीनको मृत्यु, ३६ घाइते



धनगढी । कैलालीको चुरे गाउँपालिका ३ धप्रेनीमा आइतबार पवनदूत यातायातको वस दुर्घटना हु“दा तीन जना महिलाको मृत्यु भएको छ भने ३६ जना घाइते भएका छन् ।
बैतडीबाट महेन्द्रनगर आइरहेको ना ७ ख २७२३ नम्बरको वस दुर्घटना भएको हो । घाइतेमध्ये आठ जनाको अवस्था गम्भीर रहेको छ । गम्भीर घाइते कञ्चनपुर जिल्लाको भीमदत्तनगरपालिका गोवरैयाका ५० वर्षीय राम दास र १५ वर्षीय सन्तोस दासलार्ई भारतको हल्दवानी रेफर गरिएको छ भने बा“कीको अत्तरियास्थित पद्मा अस्पतालमा उपचार भइरहेको सुदूरपश्चिम क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ ।
प्रहरीका अनुसार दुर्घटनामा परी मृत्यु हुनेमा बैतडी जिल्ला शिवनाथ गाउ“पालिका–६ की ६४ वर्षीया झुन्टीदेवी चन्द, पञ्चेश्वर गाउ“पालिका ४ की २४ वर्षीया कविता तिवारी र पाटन नगरपालिका ५ की १८ वर्षीया रेवती भाट रहेका छन् । उनीहरुको उपचारका लागि धनगढीस्थित सेती अञ्चल अस्पताल ल्याउने क्रममा बाटोमै मृत्यु भएको हो ।
घाइते हुनेहरूमा बैतडी जिल्ला विशालपुर ९ का २१ वर्षीय सुरेश ओझा, आमचौरका १३ वर्षीय सुरजसिंह हलदाल, मेलौलीका २२ वर्षीया विना खाजी, ४५ वर्षीय प्रताप भट्ट, १८ वर्षीय गणेश भट्ट, २२ वर्षीय भोजराज भट्ट, १८ वर्षी दीपक भट्ट, १८ वर्षीय प्रकाश भट्ट, २६ वर्षीय गौरवसिंह भट्ट र ५२ वर्षीय गनरी पार्की, ३० वर्षीय प्रासीया साउँद, ४५ वर्षीय हिक्मत भट्ट र सरस्वती साउँद रहेका छन् ।
यस्तै, बैतडी जिल्ला शिवनाथका ५१ वर्षीय मधु धनाडी, ५७ वर्षीय शिवसिंह धनाडी, २१ वर्षीय भीम धनाडी, १४ वर्षीय सुरज धनाडी, २५ वर्षीय दीपक चन्द, ४० वर्षीय अर्जुन साउद, ३० वर्षीय रगवीर साउ“द तथा उदयदेव ३ का २६ वर्षीय डम्मर सिंह र पञ्चेश्वरका २१ वर्षीय महादेव तिवारी, पाटन नगरपालिका ५ का ४० वर्षीय गगनसिंह ठगुन्न र १९ वर्षीय शंकर सिंह पनि घाइते भएका छन् ।
कञ्चनपुर जिल्ला वनखेतकी २२ वर्षीया मनिषा धनाडी तथा दोधाराचाँदनीकी २३ वर्षीय किरण धनाडी, कविर धनाडी, २४ वर्षीय नैनसिंह धनाडी, २४ वर्षीया सुनिता ओड, २० वर्षीय सुरेश पहरी, ५ वर्षीय अमित पहरी, ७ वर्षीया अञ्जली पहरी रहेका छन् । त्यस्तै, कञ्चनपुर जिल्ला कृष्णपुर २ वाणीका ४७ वर्षीय गणेशदत्त भट्ट र ४२ वर्षीय मानसिंह धनाडी रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार