६ कार्तिक २०८१, मंगलवार

भजनी र कैलारीमा विशेष भेला



भजनी । संयुक्त बाम गठवन्धनले अगुवा कार्यकर्ताका लागि आइतबार भजनी र कैलारी गाउँपालिकामा छुट्टाछुट्टै विशेष भेलाहरू आयोजना गरेको छ ।
भेलालाई माओवादी केन्द्रका पालिटव्यूरो सदस्य तथा कैलाली क्षेत्र नम्बर ३ प्रदेश १ का उम्मेदवार वीरमान चौधरीले सम्वोधन गर्दे चुनावमा कसरी परिचालन हुने के के गर्ने भन्नेबारे आफ्नो भनाई राखेका थिए । उनले मसिनो ढंगले चुनाव जित्ने योजना बनाउन कार्यकर्तालाई निर्देशन दिए ।

भजनी नगरपालिका–१ मा बाम गठबन्धन प्रदेश नं. १ का उम्मेदवार वीरमान चौधरी जनतासँग मत माग्दै ।

सोही अवसरमा बोल्दै एमाले कैलालीका सचिवालय सदस्य बिमल जोशीले मंसिर २१ गते हुने निर्वाचनमा बाम गठबन्धनलाई हराउन अनकौं छलछाम र तिकडम हुने भएकोले नेता र कार्यकर्ता सचेत रहनु पर्ने बताए ।
अधिकांश नेताहरूले बामगठबन्धन व्यक्तीका आकांक्षा भन्दा पनि देशमा हीतका लागि गरिएकोले इमान्दार भएर गठबन्धन जिताउन लाग्नु सबैको कर्तव्य भएको बताएका थिए ।
कैलारीमा भएको कार्यक्रममा कैलारी गाउँपालिकाका अध्यक्ष लाजुराम चौधरीले कार्यकर्ता तहमा बाम गठबन्धन चाडै पार्टी एकतामा रूपान्तरण हुने विश्वास व्यक्त गरे । भजनीमा भएको कार्यक्रममा बोल्दै भजनी नगरपालिकाका मेयर शेरबहादुर चौधरीले हामीले तालमेल सफल बनाउन सके मात्र पार्टी एकता हुने भएकोले सवै नेता कार्यकर्ता इमान्दार भएर चुनावमा होमिनु पर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार