६ कार्तिक २०८१, मंगलवार

२१ वटै वडामा चुनाव प्रचारप्रसार सम्पर्क कार्यालय स्थापना



धनगढी । संयुक्त बामगठबन्धनले आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको चुनावलाई मध्यनजर गर्दै कैलाली क्षेत्र नं. ५ का सबै वडामा चुनाव प्रचारप्रसार वडा सम्पर्क कार्यालय स्थापना गरेको छ ।
२१ वटा वडा रहेको सो निर्वाचन क्षेत्रमा मंगलबार एक कार्यक्रमकाबीच नेकपा एमाले र माओवादी केन्द्रका नेताहरूको उपस्थितिमा वडा सम्पर्क कार्यालयको स्थापना गरेको हो ।
वडा नं. ८ मा वडा सम्पर्क कार्यालयको उद्घाटन गर्दै नेकपा एमालेका केन्द्रीय सदस्य महेश्वर पाठकले संयुक्त बामगठबन्धनका उम्मेदवारलाई विजयी गराउन सम्पूर्ण नेता तथा कार्यकर्ताहरूलाई आ–आफ्नो क्षेत्रमा खट्न आग्रह गरे ।
मंगलबार वडा नं. १२ मा वडा सम्पर्क कार्यालयको उद्घाटन गर्दै प्रतिनिधिसभा निर्वाचनका उम्मेदवार नारदमुनी रानाले आर्थिक समृद्धि राजनीतिक स्थायित्वका लागि बामगठबन्धनका उम्मेदवारका पक्षमा मतदान गर्न आग्रह गरे ।
कार्यक्रममा प्रदेशसभा १ का उम्मेदवार नेपालु चौधरी, माओवादी केन्द्रकी समानुपातिक उम्मेदवार शान्ति क्षेत्रीले, नेकपा एमाले प्रदेश नं. ७ का सदस्य दीपक देवकोटा, एमाओवादीका नेता नरेन्द्र जोशीले संयुक्त बामगठबन्धनलाई मतदान गरेर विजयी गराउन आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार