२८ पुष २०८१, आईतवार

अछाममा प्रमुख दलका उम्मेदवार छनौट



धनगढी । आगामी मंसिर २१ गते हुने निर्वाचनका लागि अछाम जिल्लामा बामपन्थी गठबन्धन र नेपाली कांगेसले प्रतिनिधि सभा र प्रदेश सभाका उम्मेदवार तय गरेका छन् ।
अछाममा प्रतिनिधि सभामा दुई र प्रदेशमा चार निर्वाचन क्षेत्र निर्धारण गरिएको छ । अछाम १ बाट बामगठबन्धनबाट एमालेका केन्द्रीय उपाध्यक्ष भीम रावल उम्मेदवार हुने भएका छन् । गठबन्धनबाट क्षेत्र नम्बर १ को १ बाट गोविन्द कुँवर २ बाट झपट बोहरा उम्मेदवार भएका छन् ।
बाम गठबन्धनले क्षेत्र नम्वर २ मा एमालेका यज्ञ बोगटीलाई प्रतिनिधि सभाको सदस्यको उम्मेदवार भएका छन् । क्षेत्र नम्बर २ को १ मा गठबन्धनले बलबहादुर सोडारी र २ मा अक्कल रावललाई उम्मेदवार बनाइएको छ ।
यस्तै कांग्रेसले क्षेत्र नम्बर १ बाट पार्टी सभापति भरत स्वाँर र क्षेत्र नम्बर २ बाट पुष्पबहादुर शाहलाई उम्मेदवार बनाएको छ । यस्तै, क्षेत्र नम्बर १ को प्रदेश नम्बर १ मा मेघराज खड्का र २ मा टेकबहादुर साउँद उम्मेदवार बनाइएको छ । नेपाली कांग्रेसका जिल्ला सहसचिव तथा प्रवक्ता वेदप्रकाश तिमिल्सेनाका अनुसार क्षेत्र नम्बर २ को प्रदेश नम्बर १ मा सुरतबहादुर विष्टलाई र २ मा बलबहादुर कुँवरलाई उम्मेदवार बनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार