७ पुष २०८१, आईतवार

प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन : ७ नम्बरमा छ जना महिला उम्मेदवार



धनगढी । प्रदेश नम्बर ७ मा प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि छ जना महिला उम्मेदवार हुने भएका छन् । यद्यपि, अझैं सबै दलले प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यका लागि सबै उम्मेदवारको टुंगो लगाइसकेका छैनन् ।
प्रदेश नम्बर ७ मा प्रतिनिधि सभाका १६ तथा प्रदेश सभा सदस्यका लागि ३२ सिट रहेका छन् । हालसम्म यस प्रदेशमा प्रतिनिधि सभा सदस्य प्रत्यक्षतर्फ तीन जना महिला नेतृ उम्मेदवार घोषणा भएका छन् ।
अहिलेसम्म प्रतिनिधि सभा सदस्य प्रत्यक्षतर्फ कैलाली क्षेत्र नम्बर ५ र १ तथा कञ्चनपुर क्षेत्र नम्बर १ मा महिलालाई उम्मेदवार घोषणा गरिएको छ ।
कैलाली क्षेत्र नम्बर ५ मा नेपाली काँग्रेस नेतृत्व डाक्टर आरजु राणा देउवालाई प्रतिनिधि सभा सदस्यको प्रत्यक्षतर्फको उम्मेदवार घोषणा गरेको छ ।
त्यस्तै, कैलालीको क्षेत्र नम्बर १ मा एमालेका केन्द्रीय सदस्य मदनकुमारी शाह (गरिमा) उम्मेदवार घोषणा गरिएकी छिन् । भने कञ्चनपुरको क्षेत्र नम्बर १ मा माओवादी केन्द्रका नेतृ बीना मगर उम्मेदवार बनेकी छन् ।
डाक्टर राणा प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाका श्रीमति हुन् । डाक्टर राणा र शाह निवर्तमान सांसद (समानुपातिक) हुन् । माओवादी नेतृ मगर २०७० सालमा कञ्चनपुर क्षेत्र नम्बर १ मा माओवादी केन्द्रबाट प्रत्यक्षतर्फको उम्मेदवार बनेकोमा पराजित भएकी थिइन् ।
अहिले एमाले र माओवादी केन्द्रबीच गठबन्धन भएको छ । भरखरै सम्पन्न स्थानीय निकायमा एमाले तथा माओवादी केन्द्रका उम्मेदवारले पाएको मत जोड्दा कञ्चनपुर क्षेत्र नम्बर १ मा अहिले मगरलाई सहज भएको देखिएको छ । त्यो चुनावमा एमाले तथा माओवादी केन्द्रले पाएको मत जोड्दा ३२ हजार बढी हुन्छ भने काँग्रेसले १४ हजार बढी मत पाएको थियो ।
कैलालीको क्षेत्र नम्बर ५ मा एमालेले पूर्व संविधान सभा सदस्य नारदमुनि रानालाई उम्मेदवार बनाएको छ । काँग्रेस र फोरम लोकतान्त्रिकबीच पार्टी एकीकरण भएपछि कैलाली र कञ्चनपुरमा काँग्रेस र बाम गठबन्धनबीच द्विपक्षीय प्रतिस्पर्धा देखिएको छ । काँग्रेसले राष्ट्रिय जनता पार्टी, संघीय समाजवादी फोरम, राष्ट्रिय प्रजातान्त्रिक पार्टी, राष्ट्रिय प्रजातान्त्रिक पार्टी (लोकतान्त्रिक) संग पनि चुनावी तालमेलको पहल जारी राखेको छ ।

त्यस्तै, अहिलेसम्म प्रदेश नम्बर ७ मा प्रतिनिधि सभाका १६ सिटमध्ये आदिवासी जनजाति समुदायका चार जना प्रत्यक्षतर्फको उम्मेदवार बनाइएका छन् ।
एमालेले कैलाली ५ मा राना, डोटीमा निवर्तमान सांसद प्रेम आलेमगर र माओवादी केन्द्रले कैलाली क्षेत्र नम्बर ३ मा गौरीशंकर थारूलाई उम्मेदवारी वनाएको छ । कांग्रेसबाट कैलालीका कम्तिमा एक स्थानमा थारू समुदायबाटै उम्मेदवार दिने चर्चा रहेको छ ।
उता, प्रदेश सभा सदस्यको प्रत्यक्षतर्फको ३२ सिटमा अहिलेसम्म तीन जना महिलाले मात्रै उम्मेदवारी पाएका छन् ।
प्रदेश सभा सदस्य प्रत्यक्षतर्फ अहिलेसम्म एमालेबाट एक, माओवादी केन्द्रबाट एक र नेपाली काँग्रेसबाट एक जनाले उम्मेदावरी पाएका छन् ।
एमालेले कञ्चनपुर क्षेत्र नम्बर १ को क क्षेत्रमा मर्यादा विष्ट, माओवादी केन्द्रले बझाङ ख क्षेत्रबाट देवकी मल्ल र कांग्रेसले बझाङ ख क्षेत्रबाट निर्वमानसांसद चन्द्रादेवी जोशीलाई उम्मेदवार वनाएको छ ।

कात्तिक १५ गते (epaper)

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार