६ कार्तिक २०८१, मंगलवार

साढे चार किलो चरेस सहित दुई जना पक्राउ



बझाङ । बझाङको दुर्गाथली गाउँपालिका वडा नम्बर २, मोरीबगरमा साढे चार किलो चरेस सहित प्रहरीले आइतबार दुई जनालाई पक्राउ गरेको छ ।
आइतबार प्रहरी चौकी मटेलाका प्रहरी सहायक निरीक्षक प्रेमसिंह बिष्टको कमाण्डमा रहेको टोलीले चरेस सहित दुई जनालाई पक्राउ गरेको जनाइएको छ ।
बझाङका प्रहरी नायव उपरीक्षक ऋषिराम कँडेलका अनुसार प्रहरीले छविस पाथिभेरा गाउँपालिका वडा नम्बर ६ का ५० वर्षीय झप्पर बुढा र ४२ वर्षीय ज्ञानबहादुर बुढालाई चरेशसहित पक्राउ गरेको थियो ।
उनीहरू दुवैजनालाई हिरासतमा राखेर कारबाही अघि बढाइएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार