६ कार्तिक २०८१, मंगलवार

रामलीला महोत्सव सञ्चालन



कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर ४ मा रहेको खुलामञ्चमा मर्यादा पुरुषोत्तम भगवान रामचन्द्रको जीवनीमा आधारित रामलीला महोत्सव जारी रहेको छ । महोत्सव १९ गतेदेखि सञ्चालन भएको हो ।
रामलीलामा हरेक दिन दर्शकको अपार भीड लाग्ने गरेको छ ।
रामलीला समिति कञ्चनपुरका महासचिव शमरजंग चन्दले दैनिक पाँच हजार बढी दर्शकले रामलीला महोत्सव अवलोकन गरिरहेको बताए ।
उनले रामलीलामा संवाद नेपालीमा भइरहेको र गीत मञ्चन अवधी भाषामा हुने गरेको बताए ।
रामलीला समिति कञ्चनपुरका अध्यक्ष एवं रामलीला महोत्सव मुल समारोहका संयोजक दानसिंह ठकुराठीले मौलिक सांस्कृतिक मूल्यमान्यता कायम राख्नका लागि रामलीला महोत्सव आयोजना गरिएको बताए ।

असाेज २६ गते (epaper)

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार