६ कार्तिक २०८१, मंगलवार

एमालेद्वारा ४६ जनाको नाम सिफारिस



बाजुरा । नेकपा एमाले बाजुराले प्रदेश र संघ निर्वाचनका लागि जिल्लाबाट ४६ जनाको नाम केन्द्रमा सिफारिस गरेको छ
एकमात्र निर्वाचन क्षेत्र रहेको बाजुरामा एमालेले प्रतिनिधि सभा सदस्य प्रत्यक्षतर्फ लालबहादुर थापा र समानुपातिकतर्फ दयालबहादुर शाही, मीनबहादुर बिष्ट, काशी विक र मनदेवी ओलीलाई सिफारिस गरेको छ ।
त्यस्तै, प्रदेश सभा सदस्य क क्षेत्रबाट .प्रत्यक्षतर्फ ६ जना र समानुपातिकतर्फ
२१ जनाको नाम सिफारिस गरिएको छ । भने ख क्षेत्रबाट प्रत्यक्षतर्फ ५ र समानुपातिकतर्फ ७ जनाको नाम सिफारिस गरिएको एमाले बाजुराको प्रचार विभाग प्रमुख अमर खड्काले बताए ।
प्रदेश सभा सदस्यका लागि क क्षेत्राट प्रत्यक्षतर्फ निर्मला रोकाया, पूर्ण रावल,
बल्देव रेग्मी, राजबहादुर गिरी, रंगमान शाही र हिक्मतबहादुर शाहीको नाम सिफारिस गरिएको छ ।
त्यस्तै, ख क्षेत्रबाट चन्द्र थापा, नरेश रोकाया, प्रकाश शाह, भरत थापा र बसुन्धरा रोकायालाई सिफारिस गरिएको छ ।

असाेज २१ (epaper)

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार