६ कार्तिक २०८१, मंगलवार

मतदानबाट उम्मेदवार चयन



बझाङ । नेकपा एमाले बझाङको क्षेत्र नम्बर १ मा प्रदेश सभा उम्मेदवारको छनोट मतदानबाट गरेको छ ।
बुधबार जिल्ला कमिटीमा भएको मतदानबाट जिल्ला अध्यक्ष दिलबहादुर सिंह र अर्जुन थापाले बढी मत प्राप्त गरेकाले सिफारिस गरिएको जनाइएको छ । मतदानमा कलक धामीले तेस्रो र सांसद अफिलाल ओखेडाले चौथो स्थान प्राप्त गरेका थिए ।
एमाले बझाङका अनुसार प्रदेश सभाका लागि एक महिलासहित तीन जनाको नाम सिफारिस गर्नुपर्नेमा महिलाले उम्मेदवारी दिएका थिएनन् ।
त्यस्तै, क्षेत्र नम्बर २ मा सहमतीका आधारमा वीरेन्द्र भण्डारी, दिलबहादुर भण्डारी र प्रकाश रोकायाको नाम सिफारिस गरिएको छ ।

एमालेद्वारा उम्मेदवार चयन
टीकापुर । नेकपा एमालेले कैलाली क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यका लागि केन्द्रीय सदस्य गरिमा शाहको नाम सिफारिस गरेको छ ।
त्यस्तै, प्रदेश सभा सदस्यका लागि क्षेत्र कबाट भोजराज शर्मा, लालवीर चौधरी र गणेशप्रसाद कुँवरलाई सिफारिस गरिएको छ ।
क्षेत्र खबाट श्याम खत्री, द्वारिका न्यौपाने, सूर्यचन्द्र भट्टराई, भिमराम चपाई, चक्रराज तिमिल्सिना, लक्ष्मण थापा र अविसरा रतनको नाम सिफारिस गरिएको क्षेत्रीय सचिव खडक साउँदले जानकारी दिए ।

असाेज १९ गते (epaper)

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार