६ कार्तिक २०८१, मंगलवार

आज राष्ट्रिय शिक्षा दिवस मनाइँदै



धनगढी । कैलाली सहित देशभरी आज (शुक्रबार) ३८ औं राष्ट्रिय शिक्षा दिवस तथा अन्तर्राष्ट्रिय साक्षरता दिवस विविध कार्यक्रमसहित मनाइँदै छ ।
यस वर्ष ‘संघीय नेपाल समृद्धिको आधार, स्तरीय शिक्षा सबैको अधिकार’ भन्ने नाराका साथ राष्ट्रिय शिक्षा दिवस मनाइने जनाइएको छ ।
संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संगठन (युनेस्को) ले सन् १९६५ नोभेम्बर १५ तारिखका दिन हरेक वर्ष सेप्टेम्बर ८ तारेखमा साक्षरता दिवस मनाउने निर्णय गरेको थियो । नेपालमा २०४६ सालदेखि शिक्षा दिवस मनाउन थालिएको हो ।
राष्ट्रिय शिक्षा दिवसका अवसरमा धनगढीस्थित क्यास्पियन एकेडेमीमा कक्षा १० मा अध्ययन विद्यार्थीहरूले डिजिटल प्रविधिमा हाजिरी जवाफ प्रतियोगिताको आयोजना गरेका छन् ।
प्रतियोगितामा कैलालीका १५ वटा विद्यालयको सहभागिता रहने क्यास्पियन एकेडमीका प्रिन्सिपल अनील मिश्रले जानकारी दिए । प्रिन्सिपल मिश्रका अनुसार डिजिटल प्रविधिबाट हाजिरी जवाफ प्रतियोगिता हुन लागको यो पहिलो पटक हो ।
हाजिरी जवाफ प्रतियोगिताका विजेतालाई क्रमश: पाँच हजार, तीन हजार र दुई हजार रुपैयाँ पुरस्कार प्रदान गरिने उनले बताए ।

भदाै २३ गते (epaper)

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार