५ कार्तिक २०८१, सोमबार

हलिया पुनस्र्थापनाको बजेट फ्रिज



डोटी । डोटीमा मुक्त हलियाको पुनस्र्थापनाका लागि विनियोजित रकम फ्रिज भएको छ । मुक्त हलिया पुनस्र्थापनाका लागि आएको ७४ लाख रुपैयाँ काम हुन नसकेपछि फ्रिज भएको जनाइएको छ ।
डोटीमा मुक्त हलिया पुनस्र्थापना कार्यक्रम अन्तर्गत ३७ परिवारका लागि सामूहिक बस्ती निर्माण गर्ने उद्देश्यका साथ जमिन खरिद गर्न आएको ८४ लाखमध्ये ७४ लाख रुपैयाँ फ्रिज भएको हो ।
डोटीका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले मुक्त हलियाका नेताबीचको गुटबन्दी र सामूहिक बस्ती निर्माणका लागि उपलब्ध छोटो समयका कारण बजेट फ्रिज हुन पुगेको बताए ।
बजेट फ्रिज हुन ४ दिन मात्र बाँकी रहँदा मुक्त हलिया पुनस्र्थापना समस्या समाधान कार्यदलले असार २९ गते जग्गा खरिद गर्ने निर्णय गरेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार