१८ बैशाख २०८१, मंगलवार

अखिल क्रान्तिकारीका एक नेताको हत्या



कञ्चनपुर । कञ्चनपुरमा नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीका जिल्ला सदस्य डम्बर जाग्रीको हत्या भएको छ ।
कञ्चनपुरको भीमदत्त नगरपालिका–१८, कटानस्थित सिद्धनाथ विज्ञान क्याम्पसको छात्रावासमा २५ वर्षीय जाग्रीको हत्या भएको प्रहरीले जनाएको छ । उनी सिद्धनाथ विज्ञान क्याम्पस बिएस्सी चौथो वर्षमा अध्ययनरत थिए ।
अखिल क्रान्तिकारी विज्ञान क्याम्पसका संयोजक समेत रहेका जाग्री बझाङ–६, गलेदुर्गाका बासिन्दा हुन् । उनको तरकारी काट्ने दाउले घाँटी रेटेको विद्यार्थीले दाबी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार