५ कार्तिक २०८१, सोमबार

बालविवाह न्यूनीकरणमा जनप्रतिनिधि जुटे



बैतडी । बैतडीमा बालविवाह न्यूनीकरणका लागि जनप्रतिनिधिहरूले घरदैलो अभियान सुरु गरेका छन् ।
बालविवाह हुने क्रम नरोकिएकाले न्यूनीकरणका लागि अभियान सञ्चालन गर्नुपरेको जनप्रतिनिधिहरूले बताएका छन् ।
जिल्लाको पुरचौडी नगरपालिका वडा नम्बर १ बाट बालविवाह अन्त्यका लागि घरदैलो अभियान सुरु भएको छ ।
वडा नम्बर १ का अध्यक्ष गणेशबहादुर गडालसहितका जनप्रतिनिधिहरूले बालविवाह अन्त्यका लागि घरदैलो अभियान सञ्चालन गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार