६ कार्तिक २०८१, मंगलवार

नदीले बगाएर बेपत्ता



डडेल्धुरा । बैतडी र डडेल्धुराको बीचमा पर्ने सोर्नाया नदीले बगाउँदा डडेल्धुराको अजयमेरु गाउँपालिका–६, राजुलका ३३ वर्षका राज मल्ल बेपत्ता भएका छन् ।
उनी नदीमा माछा मार्न गएको बेला बगेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ । उनको खोजी गर्नको लागि प्रहरी टोली घटनास्थल गएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार