सत्य निरुपण र बेपत्ता छानविन आयोगमा उपयुक्त व्यक्ति छानिनु पर्ने माग
व्यूटीपार्लरमा काम गर्दे द्धन्द्धपीडित कृति चौधरी ।
धनगढी/ तत्कालिन नेकपा (माओवादी) ले २०५२ सालदेखि शुरु गरेको शसस्त्र द्धन्द्धका कारण पीडित बनेकाहरुले अब न्याय पाउने गरेर सत्य निरुपण र बेपत्ता छानविन आयोग बनाउनु पर्ने धारणा राखेका छन् ।
तत्कालिन विद्राही माओवादी र राज्य पक्षबाट पीडित बनेकाहरुले विगतमा तत्कालिन राजनीतिक दलले आफ्नो दल निकटलाई नै सत्य निरुपण तथा मेलमिलाप आयोग नेपाल र बेपत्ता परिवारका व्यक्तिको छानविन आयोगका पदाधिकारी बनाइएकोले पीडितका समस्या समाधान नभएको पीडितहरु बताउछन् ।
कैलालीको गौरीगंगा नगरपालिका – ९ शंकरपुरकी द्धन्द्धपीडित कृति चौधरी दुईवटै आयोगका पदाधिकारी खारेजीमा परेकोमा अबको अवस्थामा नयाँ पदाधिकारी बनाइदा तत्कालिन द्धन्द्ध बुझेको र द्धन्द्धपीडितहरुको समेत सल्लाह लिनु पर्ने धारणा राख्छिन् ।
उनले भनिन् विगतमा द्धन्द्धमै संलग्न दलका नजिकका व्यक्ति आयोगमा बस्दा समस्या समाधान गर्न कठिन भएको बताउदै अहिलेको सरकार र सरकार बनाउने दल द्धन्द्धको पक्ष नभएकोले पीडितलाई न्याय दिने गरेर दुईवटै आयोग बनाउन जरुरी छ । यो सरकारका लागि स्वतन्त्ररुपमा आयोग बनाएर न्याय दिने सुनौलो अवसर आएको उनको बुझाई छ ।
चौधरीले अध्यादेशबाट अरु क्षेत्रका नियुक्ती खारेजी भएर पनि पदपूर्ति भइसक्दा पनि सत्यनिरुपण र बेपत्ता आयोगका पदाधिकारीको छनोट नहुँदा आफूहरुजस्ता द्धन्द्धपीडितको मुद्धा नै हराएर न्याय नपाउने अवस्था आउने हो कि भन्ने चिन्ता लागेको बताइन ।
सत्यनिरुपण गर्नका लागि देशभरबाट कृति चौधरीले झै ६३ हजार ७१८ जनाले सत्य निरुपण आयोगमा उजुरी दिएकोमा सुदूरपश्चिमका मात्रै ४४४ छन् । यस्तैगरेर बेपत्ता हुनेको संख्या देशभर तीन हजार २८८ छ । यस्तैगरेर दोहोरो भिडन्त, राज्य र माओवादीको कारण सुदूरपश्चिममा ७८९ व्यक्तीको मृत्यु भएको थियो । तीमध्ये अछाम जिल्लामा २२४, कैलालीमा १४६ र कञ्चनपुरमा १३० जनाको मृत्यु भएको संयुक्त राष्टसंघका जस्ता विभिन्न संस्थाहरुको प्रतिवेदनमा उल्लेख भएको पाइन्छ ।
कृति चौधरी आफैले पनि स्कुल पढ्दा सुरक्षाकर्मीबाट चर्को यातना पाएकी थिइन भने उनका श्रीमान आशाराम चौधरी आक्रोशको २०६२ चैत २५ गते कपिलबस्तुको तौलीहवामा सुरक्षाकर्मीसंगको दोहोरो भिडन्तमा परेर मृत्यु भएको थियो । माओवादीका कम्पनी कमाण्डर रहनु भएका आशारामको मृत्युपछि कृतिलाई एउटाद बच्चा हुर्काउन धौधौ छ । मैले जसोतसो गरेर छोरालाई उच्चमावि तहको होटल मेनेजमेन्ट पढाए तर क्याम्पस तह पढाउन सकेको छैन कृतिले भनिन्, कहिले एक लाख, कहिले दुई लाख गरेर किस्ताकिस्तामा पाएको १० लाखले धेरै काम गर्न सकिएन । उनले विगत १५ वर्षदेखि जीवन धान्नका लागि व्यूटी पार्लर चलाएको बताइन ।
मेरो श्रीमान मारिएको २१ वर्ष भयो, केहीले द्धन्द्धको पीडा भोगेको ३१ वर्षसम्म भइसक्यो तर अझै न्याय कहिले पाउने भन्ने चिन्ता हामीलाई छ उनले भनिन, न्याय पाउने आशैआशमा कतिको त स्वभाविक मृत्यृ पनि भइसकेको छ ।
कञ्चनपुरको भीमदत्त नगरपालिका १९ चन्दा कडायत व्यवसाय गरेर खाने आफ्ना श्रीमानको हत्या भएको २५ वर्ष भए पनि न्याय नपाएको बताउछिन् । तत्कालिन माओवादीबाट आफ्नो श्रीमान मारिएको बताउदै कडायतले श्रीमान नहुँदा एउटा छोराको पठनपाठन गराउन कठिनाइ भएको सुनाइन । उनले पनि किस्ताकिस्तामा दिइएको १० लाखले परिवार चनाउन कठिन भएको बताउदै संघ, संस्थाको सहयोगमा आफूले जीवन धानिरहेको बताइन ।
द्धन्द्ध पीडित तथा सरोकारवाला पक्षसंग पटकपटक छलफल गरिरहेका ग्लोबल सेन्टर फर क्लाइमेट एण्ड सेक्युरिटी गर्भेनेन्सका कार्यकारी निर्देशक अभयराज जोशीले तत्कालिन माओवादी द्धन्द्धपछि अनेकन आन्दोलनसंगै जेनजी विद्रोह भइसक्यो, ती आन्दोलन र जेनजी विद्रोहका पीडितलाई न्याय दिनु पर्ने बेला अझै ०५२ सालकै द्धन्द्धका पीडितले न्याय नपाउनु दुखद भएको बताए ।
उनले भने , संसारका द्धन्द्ध निरुपणको अध्ययन गर्नुपर्छ तर नेपालको सामाजिक, सांस्कृतिक मान्यता, विश्वास र आफ्नै मौलिकता अनुसार पीडितलाई निश्पक्ष, द्धन्द्धपीडितको सहभागिताका साथ न्याय दिन ढिला गर्नु हुँदैन, यस्तै अवस्था रहिरहे दण्डहिनता मौलाइरहन्छ ।
जोशीका अनुसार घाइते, अपांगले समेत निक्कै कठिनतरिकाले जीवन चलाइरहेका छन् । यद्यपी सुरक्षाकर्मी र माओवादी पक्षका घाइतेले केही सुविधा पाए पनि सर्वसाधारण घाइते तथा अपांगको निक्कै कठिन अवस्था रहेको उनले बताइन ।
विभिन्न कारागारमा लामो समय जेल जीवन विताउनु भएकी कञ्चनपुरकी प्रतिनिधि सभा सदस्य निराशा चौधरीले सत्य निरुपण, बेपत्ताको खोजी र घाइते अपांगका विषयमा प्रतिनिधि सभाको बैठकमा बोलेर द्धन्द्ध पीडितलाई न्याय दिलाउन लाग्ने बताइन ।
यसैबीच बिहीबार द्धन्द्ध पीडितहरुले दुईवटै आयोगमा आफूहरुको सल्लाहमा उपयुक्त व्यक्तीको चयन हुनु पर्ने माग गर्दे काठमाडौको माइतीघरमा प्रर्दशन गरेका छन्




