एमाले कैलालीको भेलामा वडादेखि केन्द्रसम्म पार्टी पुर्नगठनको माग
धनगढी/ नेकपा (एमाले) कैलालीको जिल्ला भेलामा वडादेखि केन्द्रसम्मका सबै कमिटी पुर्नगठन गर्नुपर्ने माग उठेको छ ।
गोदावरीका जीवन शाहसहितका बैठकमा बोल्ने तीन जना बाहेक धेरैले पुर्नगठनको माग गरेका हुन ।
धनगढीका हिक्मत रावल बैठकमा सबैभन्दा चर्को सुनिए । जेनजी आन्दोलनका बेला मैले केपी ओलीको विषयमा फेसबुकमा कडा लेख तर गलत गरेकी भनेर हटाए उनले भने त्यो ठिक थ्यो भन्नेमा अहिले स्पष्ट भए ।
बैठकमा मदन रेग्मी, रामचन्द्र जैसी, किशोर शाह लगायतले केपी ओलीकै कारण पार्टी र देश संकटमा परेको बताउदै तत्काल पुर्नगठन गर्न माग गरे ।
भेलामा अधिकांशले बोल्न पाउने माग गरेपछि फ्लोरमा रहेकालाई पनि बोल्न दिइएको थियो ।
सो कार्यक्रममा प्रदेश अध्यक्ष कृष्ण जैसीले पाँचौ महाधिवेशन अघि विचार बारे छ महिना बहस भएको बताउदै बहस गरेरै आगामी निर्णय लिन जरुरी भएको बताए ।
जिल्ला अध्यक्ष यज्ञराज ढुंगानाको अध्यक्षतामा भएको कार्यक्रममा केन्द्रीय सदस्य गौरीशंकर चौधरी प्रमुख अथिति रहेका थिए ।




