२२ चैत्र २०८२, आईतवार

निकुञ्जको सेरोफेरोमा मानव – वन्यजन्तु द्वन्द्वको सन्त्रास



कञ्चनपुरका किसानहरूका लागि साँझ केवल दिनको अन्त्य होइन, वन्यजन्तुसँगको अनिश्चित संघर्षको सुरुवात बनेको छ। शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज वरपर मात्र होइन, पुनर्वास र लालझाडी जस्ता टाढाका क्षेत्रहरूमा पनि वन्यजन्तुको आक्रमण बढ्दै गएको छ । विगत साढे दुई वर्षमा हजारभन्दा बढी घटना भएका छन्, जसमा हात्ती, बाघ र चितुवाबाट मानिस र पशुधनमा ठूलो क्षति पुगेको छ ।

निकुञ्ज बाहिरसमेत द्वन्द्व तीव्र बन्दै गएको छ, विशेष गरी हात्तीको आवागमन मार्ग (कोरिडोर) पर्ने क्षेत्रमा बाली नोक्सानी र मानवीय क्षति बढ्दो छ । मानिसले पनि बाली जोगाउन प्रयोग गर्ने पासो र विद्युतीय धरापका कारण वन्यजन्तुको मृत्यु भइरहेको छ ।

समग्रमा, मानव बस्ती वन्यजन्तुको परम्परागत मार्गमा विस्तार हुनु र सीमित सुरक्षा उपायका कारण द्वन्द्व जटिल बन्दै गएको छ । यसलाई न्यूनीकरण गर्न निकुञ्ज बाहिरका क्षेत्रहरूमा प्रभावकारी सुरक्षा रणनीति र सहज क्षतिपूर्ति व्यवस्था आवश्यक देखिन्छ ।

(यो सामग्री इन्टरन्यूज अर्थ जर्नालिज्म नेटवर्कको सहयोगमा उत्पादन गरिएको हो ।)

प्रतिक्रिया दिनुहोस्
ताजा समाचार