डोटीमा कांग्रेसकाका खड्का निर्वाचित

डोटी/ डोटीबाट प्रतिनिधि सभा सदस्यमा नेपाली कांग्रेसका उम्मेद्वार भरतबहादुर खड्का निर्वाचित भएका छन् । खड्काले १४ हजार ८९७ मत प्राप्त गरेका छन् । खड्काका निकटम प्रतिद्धन्दी नेकपा ( एमाले) का दीपकबहादुर धामीले १४ हजार ११० मत प्राप्त गरेका छन् ।
५२ हजार १४२ मतदाताले मतदान गरेकोमा खड्का ७८७ मतान्तरले विजयी भएका छन् ।
यसैगरेर राष्ट्रिय स्वतन्त्र पार्टीका नरेन्द्रबहादुर खड्काले १३ हजार २७०, नेपाली कम्युनिष्ट पार्टीका त्रिलोचन भट्टले पाँच हजार ४१३, राष्ट्रिय प्रजातन्त्र पार्र्टीका खडकबहादुर अग्रवालले ५९४,राष्ट्रिय जनमोर्चाका मणिराज भट्टले ४१७, नेपाल कम्युनिष्ट पार्र्टी (माओवादी)का प्रकाश कठायतले ३९२, नेपाल मजदुर किसान पार्र्टीका खगेन्द्रबहादुर शाहीले ३२ र मितेरी पार्टी नेपालकी सरस्वतीकुमारी पाल (मल्ल) ले ४३ मत प्राप्त गर्नु भएको छ ।
प्रतिनिधि सभा सदस्य निर्वाचनका लागी डोटीमा एक मात्र निर्वाचन क्षेत्र रहेको छ । जम्मा मतदाता संख्या १ लाख २८ हजार ३९९ रहेको डोटीमा ५२ हजार १४२ मतदाताले मतदान गरेका थिए ।




