२३ फाल्गुन २०८२, शनिबार

सुदूरपश्चिमका १६ मध्ये, १४ क्षेत्रमा गणना जारी, ९ मा रास्वपाको अग्रता




धनगढी/. सुदूरपश्चिम प्रदेशका नौ जिल्लाका १६ निर्वाचन क्षेत्रमध्ये १४ क्षेत्रमा मतगणना शुरु भएको छ । बाजुरा र दार्चुलामा आजै रातिबाट गणना हुने बताइएको छ ।

गणना भइरहेका क्षेत्रमध्ये आठ क्षेत्रमा रास्वपा, एमाले तीन, नेकपाले एक क्षेत्रमा अग्रता लिएको छ । नौ क्षेत्रमध्ये रास्वपाले कैलालीका क्षेत्र नम्बर १, ३, ४, ५, कञ्चनपुरका तीनवटै क्षेत्र, डडेल्धुरा र बैतडीमा अग्रता लिएको छ ।

यस्तैगरेर एमालेले कैलाली क्षेत्र नम्बर २ अछाम क्षेत्र नम्बर २, बझांग र डोटीमा अग्रता लिएको छ । यस्तैगरेर नेकपाले अछाम क्षेत्र नम्बर १ अग्रता लिएको छ ।

कैलाली नं. १ मा रास्वपाका उम्मेदवार कोमल ज्ञवाली, कैलाली ३ मा रास्वपाका जगत जोशी, कैलाली क्षे नं. खेमराज कोइराला, क्षेत्र नं. ५ मा डा. आनन्द चन्द, डडेल्धुरामा डा. ताराप्रसाद जाशी, बैतडीमा हरिमोहन भण्डारी, कञ्चनपुर क्षेत्र नं. १ मा क्षेत्र नं. २ मा दीपकराज बोहरा र क्षेत्र नं. ३ मा ज्ञानेन्द्रसिंह महता अगाडि छन् ।

रास्वपाले कञ्चनपुरका तीनै कैलालीको क्षेत्र नं. ५ र डडेल्धुरा जित्ने निश्चित छ । अरु क्षेत्रमा भने अझै धेरै मत गणना हुन बाँकी छ ।

कैलाली क्षेत्र नम्बर २ मा नेकपा (एमाले) का सूर्यबहादुर थापा, अछाम क्षेत्र नम्बर २ मा यज्ञ बोगटी, डोटीमा दीपक धामी र बझांगमा ऐन महर अगाडि छन् ।

यस्तै गरेर अछाम क्षेत्र नम्बर १ मा नेकपाका डा. भीमबहादुर रावल अगाडि छन् ।

प्रतिक्रिया दिनुहोस्
ताजा समाचार