२१ फाल्गुन २०८२, बिहीबार

डा. रावलद्वारा अछामबाट मतदान



धनगढी/ पूर्वउपप्रधानमन्त्री डा. भीमबहादुर रावलले प्रतिनिधिसभा निर्वाचनअन्तर्गत अछामबाट आफ्नो मताधिकार प्रयोग गरेका छन् ।

अछाम क्षेत्र नम्बर–१ का उम्मेदवारसमेत रहेका रावलले बिहीबार बिहान करिब ८ बजे साँफेबगर नगरपालिका–६ स्थित भागेश्वरबार मतदान केन्द्रमा पुगेर मतदान गरेका हुन् ।

मतदानपछि सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै उनले लोकतन्त्र सुदृढ बनाउन नागरिकको सक्रिय सहभागिता आवश्यक रहेको बताए । उनले मतदाताले उत्साहका साथ मतदान गरिरहेको उल्लेख गर्दै निर्वाचन शान्तिपूर्ण र व्यवस्थित रूपमा सम्पन्न हुने विश्वास व्यक्त गरे ।

प्रतिनिधिसभा निर्वाचनमा रावल अछाम क्षेत्र नम्बर–१ बाट नेकपाका उम्मेदवारका रूपमा प्रतिस्पर्धामा छन् ।

प्रतिक्रिया दिनुहोस्
ताजा समाचार