मधेश स्केटिङ तथा स्केटबोर्डिङ्ग एसोसिएसन तदर्थ समिति गठन, प्रशिक्षक बराल सम्मानित

बर्दिबास/. शुक्रबार मधेश स्केटिङ तथा स्केटबोर्डिङ्ग एसोसिएसन तदर्थ समिति भेलाले नौ सदस्य तदर्थ समिति सर्वसम्मत मनोनित गरिएको छ । दुई जना सदस्य तदर्थ समितिले मनोनयन गरेपछि एघार सदस्य समितिले पूर्णता पाउनेछ ।
मनोनित हुनेमा अध्यक्षमा शेरबहादुर पुलामी, उपाध्यक्षमा प्रज्वल पौडेल, सचिवमा सविन माइलो, कोषाध्यक्षमा रविन्द्रकुमार महतो तथा सदस्यहरुमा कैलाशकुमार खत्री, लालबहादुर बुढाथोकी, मन्दिपकुमार विष्ट, रमेश विक र सविताकुमारी मण्डल रहेका छन् ।
सो तदर्थ समिति गठनमा नेपाल स्केटिङ तथा स्केटबोर्डिङ्ग एसोसिएसनका केन्द्रीय अध्यक्ष अच्युत खनाल, महासचिव सत्य थापा तथा प्रमुख प्रशिक्षक दिलिपराज बराल, मधेश खेलकुद परिषदका निर्देशकद्धय प्रभुनारायण सिवाकोटी र भरतप्रसाद यादव र नेपाल बेसबल एसोसिएसनका अध्यक्ष दिपक न्यौपानेले मधेश प्रदेशमा खेलकुदको विकाश तथा प्रवद्र्धनमा यो भेला ऐतिहासिक बन्ने विश्वास आफ्नो मन्तव्यमा व्यक्त गरेका थिए ।
सो भेलामा नेपाल स्केटिङ तथा स्केटबोर्डिङ्ग एसोसिएसनका प्रशिक्षक बरालले राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा स्केटिङ खेलको विकास तथा प्रवद्र्धनमा पुगाएको योगदानको कदर गर्दै समारोहका प्रमुख अतिथि मधेश खेलकुद परिषदका निर्देशक प्रभुनारायण सिवाकोटीबाट सम्मानपत्र ग्रहण गरेका थिए ।




