बढदै छ आयोडिन नूनको प्रयोग

धनगढी/. सुदूरपश्चिम प्रदेशमा प्रत्येक वर्ष आयोडिन युक्त नूनको प्रयोग बढदै गएको साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडको तथ्याङकले देखाएको छ ।
यस वर्षको अनुदानको कोटा र गत वर्षको भन्दा पाँच हजार बढी रहेको छ भने अन्य नूनको पनि बिक्री गत वर्षको छ महिना भन्दा सात हजार बढी रहेको छ ।
नेपाल सरकारले सुदूरपश्चिम प्रदेशमा यस आर्थिक वर्ष २०८२÷०८३ का लागि ३६ हजार ७४९ क्वीन्टल अनुदानको नून छट्टयाइएको छ । गत आर्थिक वर्षमा २०८१÷०८२ का लागि ३१ हजार पाँच सय क्वीन्टल अनुदानको नून छट्टयाइएको थियो ।
त्यसैगरी यस आर्थिक वर्ष २०८२÷०८३ को छ महिनामा ५२ हजार ६ सय ४६ क्वीन्टल आयो र न्यू शक्ति लगायतको नून बिक्री भएको छ । गत आर्थिक २०८१÷०८२ छ महिनामा ४५ हजार ३३० क्वीन्टल आयो,नयू शक्ति लगायतको नून बिक्री भएको थियो ।
जनचेतना मुलक कार्यक्रमको प्रभाव र आम मानिसहरुलाई आयोडिन नूनको महत्व थाहा पाएपछि बिक्री बढेको साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड धनगढीका प्रबन्धक तेजबहादुर कुवँरले बताए । साथै प्रबन्धक कुवँरले विगतमा भारतसंगको खुल्ला सिमानका कारण जनचेतनाका अभावले गर्दा गुणस्तरहिन नुन प्रयोग हुने गरेको भए पनि अहिले जनचेतनाकारण पुर्ण रुपमा बन्द रहेको बताए ।
नेपाल सरकारले देशभरमा दुर्गम २२ जिल्ला र सुदूरपश्चिमका चार जिल्लामा नूनमा अनुदान दिने गरेको छ । अनुदान दिएको जिल्लामा प्रति प्याकेट नौ रुपियाँमा बिक्र केन्द्रबाट भानु नून उपलबध गराउदै आएको छ ।
सुदूरपश्चिम प्रदेशको अछाम, बाजुरा, दार्चुला र बझाङमाको लागी सरकारले अनुदानको नुन छट्टयाउने गरेको छ । नूनको खपत गत आर्थिक वर्षभन्दा यस वर्ष १० प्रतिशत बढीले वद्धि भएको कार्यालयले जनाएको छ ।
फेब्रुअरी आयोडिन नूनको महिना
साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले हरेक वर्ष झै यसवर्ष पनि विभिन्न जनचेतना कार्यक्रमको आयोजना गरी फेब्रुअरी महिनालाई आयोडिन नूनको महिना मनाइरहेको छ ।
फेब्रुअरी महिनालाई साल्ट ट्रेडिङले हरेक वर्ष आयोडिन महिनाको रुपमा मनाउने गरेको छ । “थोरै खाऔं, सही मात्रामा खाऔं, दुई बालबालिकाको चिन्ह अंकित आयेडिनयुक्त आयो , न्यू शक्ति र भानु नून नै खाऔ ”भन्ने नाराका साथ यस वर्ष पनि आयोडिन महिना सुरु भएको हो ।
सुदूरपश्चिम प्रदेशका नौ वटै जिल्लामा साल्ट ट्रेडिङ कर्पोरेसनले आयोडिन नूनका बारेमा जनचेतना कार्यक्रम गर्दै आएको छ । साल्ट ट्रेडिङ प्रादेशिक कार्यालय धनगढीका प्रबन्धक तेजबहादुर कुवँरले आयोडिन नूनको प्रयोग बढाउनेबारे आम उपभोक्ताहरूमा जनचेतना बृद्धि गर्न आयोडिन महिनाको रुपमा मनाउदै आइरहेको बताए ।

उनले यस कार्यक्रम अन्तर्गत स्वास्थ्य कार्यालयसंग संयुक्त कार्यक्रम , विद्यालय स्तरमा जनचेतना , हाटबजार, लगायत सार्वजनिक स्थलमा प्रचारप्रसार लगायत सचेतना कार्यक्रम गरिरहेको बताए ।
साल्ट ट्रेडिङले प्रादेशिक कार्यालय धनगढीले विभिन्न विद्यालयका विद्यार्थीहरूलाई आयो नूनसम्बन्धी सचेतना फैलाउनुका साथै आयो नून लोगो भएको झोला पनि वितरण गरेको छ । साथै कार्यालयमा विद्यार्थीहरूलाई ल्याएर आयोडिन युक्तनूनको महत्वबारेमा प्रयोगात्मक रुपमै जानकारी गराइएको छ ।
साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले सुदूरपश्चिम प्रदेशका रहेको डिपो र बिक्री केन्द्र गरेर २७ स्थानबाट अनुदानको सहित अन्य नून बिक्री वितरण गर्दै आइरहेको छ ।





