९ फाल्गुन २०८२, शनिबार

सुदूरपश्चिममा चार सीट जित्ने रास्वपाको आन्तरिक निस्कर्ष



धनगढी/ रास्वपाको आन्तरिक छलफलमा सुदूरपश्चिममा चार सीट जित्ने अनुमान गरिएको सूचना चुहिएको छ ।

एकल सरकार बनाउने चर्चा गरिरहेको रास्वपाले आन्तरिक छलफलमा आफ्नो अवस्था राम्रो नभएको निस्कर्ष निकालेको छ । रास्वपाले प्रत्यक्षमा ५० र समानुपातिकमा ५० लाख मत गरेर १०० सीट जित्ने अनुमान गरेको हो ।

जवकी एकल सरकार बनाउन १३८ सीट जित्नुपर्छ । रास्वपाले अछाम २, बैतडी, कञ्चनपुर २ र कैलाली २ जित्ने आकलन गरेको हो । तर विभिन्न पक्षका सर्वे अनुसार रास्वपा सुदूरपश्चिममा १६ सीटमा कही पनि जित्ने अवस्थामा छैन । बरु अछाम र बैतडी भन्दा डडेल्धुरा र कैलाली ५ मा बढी भोट पाउने अनुमान गरिएको छ ।

सुदूरपश्चिमको फितलो निष्कर्ष झै देशभरको निष्कर्ष हो भने रास्वपाले १०० सीट ल्याउन सक्दैन । धेरैको अनुमान छ प्रत्यक्षमा उसले १५ र समानुपातिकमा २० देखि २५ लाख मत पाउन सक्छ ।

प्रतिक्रिया दिनुहोस्
ताजा समाचार