८ फाल्गुन २०८२, शुक्रबार

धनगढीमा उज्यालोका कुलमानको भव्य स्वागत




धनगढी/ कुलमान घिसिङ नेतृत्वको उज्यालो पार्टी नेपाल का अध्यक्ष तथा काठमाडौं क्षेत्र नम्बर ३ बाट उम्मेदवार घिसिङ चुनावी प्रचारप्रसारका लागि आज धनगढी पुगेका छन्। उनको आगमनसँगै धनगढीमा चुनावी माहोल थप तातेको छ।

घिसिङलाई स्वागत गर्न ठूलो संख्यामा पार्टीका नेता–कार्यकर्ता तथा स्थानीय बासिन्दा भेला भएका थिए। उनीहरूलाई फूलमाला र खादा लगाएर भव्य स्वागत गरिएको थियो। स्वागत कार्यक्रममा उत्साहजनक उपस्थिति देखिएको थियो।

उनको आगमनको अवसरमा युवाहरूले मोटरसाइकल र्‍याली समेत निकालेका छन्। र्‍यालीमा सयौं युवा, स्थानीय नेता तथा कार्यकर्ताको सहभागिता रहेको बताइएको छ। र्‍यालीले शहरका विभिन्न भाग परिक्रमा गर्दै चुनावी वातावरणलाई थप सक्रिय बनाएको छ।

पार्टीका स्थानीय नेताहरूले घिसिङको उपस्थितिले संगठनलाई ऊर्जा मिलेको र चुनावी अभियान अझ सशक्त हुने विश्वास व्यक्त गरेका छन्।

प्रतिक्रिया दिनुहोस्
ताजा समाचार