२८ माघ २०८२, बुधबार

मुम्बईमा डीसीएको तेस्रो खेलः रमितको शतकिय पारी, डीसीए पराजित



मुम्बई/ धनगढी क्रिकेट एकेडेमी मुम्बईकाे आजाद मैदानकाे न्यू इरा पिचमा मारीया क्रिकेट ऐकेडेमी विरुद्धकाे खेलमा पराजित भएकाे छ।

मारीया क्रिकेट ऐकेडेमीलाई डिसीएले रमित कार्कीले शतकिय पारीमा २१० रनकाे तारगेट दिएको थियो।

डीसीएका लागि सर्वाधिक प्रयाग भट्टले ३ विकेट लिएका थिए।  शुसिल बाेगटीले १, रमित कार्किले १ र दिनेश कठायतले १ विकेट लिएका थिए ‌ ।

डिसीएका लागि रमित कार्कीले ११५ बलमा १३९ रनकाे सतकिय पारी खेलेका थिए ।‌ रमित टमाटाले २३ बलमा १० रन जोड्दा कप्तान प्रयाग भट्टले १७ बलमा ७ रन बनाए।

यस्तै डीसीएका लागि प्रयाग भट्टले २१ रन, रमित टमटाले ३ रन, युवराज कुँवरले ६ रन, हिमाल बोहोराले ६ रन, राजु ऐर र समिर बम ० रनमा आउट भए, सुरेश भण्डारीले २६ रन प्रहार गरे, हेमन्त बाेहाेराले १० रन र बिनाेद जाेशीले १ रन बनाए।

यस्तै २१० रनकाे लक्ष पछ्याएको मारीया क्रिकेट ऐकेडेमीले ६ विकेटकाे क्षतिमा लक्ष पुरा गरी जित हात पारेको थियो।

क्रिकेट प्रशिक्षण तथा अन्तर्राष्ट्रिय अनुभव दिलाउने उद्देश्यले डीसीएको टोली केही दिनअघि मुम्बई पुगेको हो। भ्रमणका क्रममा टोलीले मुम्बईका विभिन्न ६ स्थानीय क्लबहरूसँग मैत्रीपूर्ण खेल खेल्ने तालिका रहेको छ।

त्यसैगरी टोलीले मुम्बईस्थित वाङ्खडे स्टेडियममा नेपालसहित विभिन्न देशहरूबीच हुने विश्वकप क्रिकेटका खेलहरू प्रत्यक्ष अवलोकन गर्ने कार्यक्रम पनि रहेको डीसीएका म्यानेजर सन्दीप भट्टले जानकारी दिएका छन्।

यस भ्रमणले युवा खेलाडीहरूलाई अन्तर्राष्ट्रिय वातावरणमा खेल्ने अनुभव, सीप विकास तथा आत्मविश्वास वृद्धि गर्न महत्वपूर्ण सहयोग पुग्ने विश्वास गरिएको छ।

प्रतिक्रिया दिनुहोस्
ताजा समाचार