जुठे दमाई छात्रवृत्ति वितरण

धनगढी/ धनगढी उपमहानगरपालिकाले जुठे दमाई छात्रवृत्ति वितरण गर्न थालेको छ। आइतवारदेखि उपमहानरपालिकाले वार्षिक नीति तथा कार्यक्रमअनुसार आर्थिक वर्ष २०८२/०८३ को जुठे दमाई छात्रवृत्ति वितरण गर्न थालेको हो।
धनगढी( १६ मा रहेको शिव माध्यमिक विद्यालयमा कक्षा ८ देखि १० सम्म अध्ययनरत दलित छात्राहरूलाई आज धनगढी – १६ रामपुरमा रहेको श्री शिव माध्यमिक विद्यालयबाट शैक्षिक सामाग्री वितरण प्रारम्भ भएको छ ।
नगर उपप्रमुख कन्दकला राना, प्रमुख प्रशासकीय कार्यकारी अधिकृत नरेन्द्र खाती, डिभिजनल इन्जिनियर दिज राज भट्ट, वडा न. १६ का अध्यक्ष रामलाल चौधरी र विद्यालय व्यवस्थापन समितिका अध्यक्षबाट जुठे दमाई छात्रवृत्ति वितरण गरिएको छ ।

सो कार्यक्रममा नगरप्रमुख गोपाल हमालको समेत उपस्थिति रहेको थियो।
छात्रवृत्ति वितरण कार्यक्रममा जुठे दमाई छात्रवृत्ति अन्तर्गत धनगढीका सामुदायिक विद्यालयमा कक्षा ८ देखि १० सम्म अध्ययनरत दलित छात्राहरूलाई शैक्षिक सामग्री प्रदान गरिने उपमहानरपालिकाले जनाएको छ।
यो वर्ष जुठे दमाई छात्रवृत्ति कार्यक्रमअन्तर्गत धनगढीका सामुदायिक विद्यालयमा कक्षा ८ देखि १० सम्म अध्ययनरत ५७६ जना दलित छात्रालाई शैक्षिक सामग्री वितरण गरिने शिक्षा माहाशाखा प्रमुख घुम्मनसिंह बडायकले जानकारी दिए। उनीहरूलाई झोला, एक दर्जन कापी र एक दर्जन कलम प्रदान गरिने छ।




