२७ फाल्गुन २०८२, बुधबार

रुकुममा हुने प्रथम खुल्ला रोलर स्पीड स्केटिङ प्रतियोगिताको तयारी पुरा




काठमाडौ, मंसिर २६ गते/ नेपाल स्केटिङ तथा स्केटबोडिङ एसोसिएसन र रेयान्स स्केट पार्क रुकुमपुर्वको सयुक्त आयोजनामा गर्न लागेको प्रथम खुल्ला रोलर स्पीड स्केटिङ प्रतियोगिताको तयारी पुरा भएको छ ।

आयोजक रियाँस स्केट पार्क सिस्नेका प्रमुख अस्मि घर्तीले बताइन प्रतियोगिता यहि मंसिर २७ गते बिहान १० बजेबाट सिस्ने गाँउ पालिका वडानम्बर ६ चिउरेनीमा हुँदैछ ।

खुल्ला प्रतिस्प्रधामा नेपाल भरीका महिला तथा पुरुष खेलाडीहरु समावेश हुने छन । प्रतिस्प्रधामा प्रथम, द्रितिय र तृतिय स्थान हासिल गर्ने महिला तथा पुरुष खेलाडीहरुले नगद पुरस्कार रु १०,००० , रु ७,५०० र रु ५,००० सहित मेडल प्रमाण पत्र र सान्तोना पुरस्कारहरु प्राप्त गर्ने छन । सो प्रतिस्प्रधामा अनुभवी प्रशिक्षकहरु निर्णयक मण्डलका सदस्यहरु संघका पदाधिकारीहरु तथा खेलाडीहरु उपस्थित रहेर अन्तराष्टिय मापदण्ड अनुरुप खेल संचालन गरिने कुरासंघका प्रमुख प्रशिक्षक दिलिपराज बरालले बताए ।

युवा जमातका बिच लोकप्रिय खेल स्केटिङको विकाश, प्रबर्धन तथा व्यवसायिकताका लागि नेपालमा यस्ता प्रतियोगिताहरु आवश्यक रहेको संघका अध्यक्ष अचुत खनालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
ताजा समाचार