२८ फाल्गुन २०८२, बिहीबार

केन्द्रीय सदस्य उठने तयारीमा रहेका चौतारीका पूर्वअध्यक्ष अर्याल भन्छन् अहिले ओलीको बिकल्प छैन



काठमाडौं, मंसिर २६ गते/ प्रेस चौतारी नेपालका पूर्व अध्यक्ष राजेन्द्र अर्यालले नेकपा (एमाले) को आगामी ११ औं महाधिवेशनमा केन्द्रिय सदय पदमा उठ्ने तयारीमा रहेको बताएका छन्।

अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वलाई साथ दिँदै आएका अर्यालले यसपटक पार्टीमा आफूलाई प्रेस चतारीका साथीहरूले केन्द्रिय सदस्यको रूपमा हेर्ने माहोल बनेको बताए। अर्यालले पार्टीमा निरन्तरता र निष्ठाका आधारमा यसपटक केन्द्रिय सदस्यको स्वभाविक दावेदार रहेको बताए ।

शुक्रवार काठमाडौंमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले प्रेस चौतारी नेपाल पार्टीको एउटा शसक्त जन संगठन भएपनि नीति निर्माण गर्ने केन्द्रमा प्रतिनिधित्व नभएकोले यसपटक चौतारीको तर्फबाट अघि बढेको र स्वाभाविक दाबी भएको उल्लेख गरे। चितवनमा सम्पन्न १० औं महाधिवेशनमा पनि केन्द्रिय सदस्यको प्रवल दावेदार रहे पनि अन्ततः नेतृत्वको आग्रहका कारण पछि हट्नु परेको थियो। त्यसबेला नेतृत्वले पछि मनोनित गर्ने वचन दिएको थियो ।

अर्यालले आफू पार्टीका हरेक चुनौती र संकटमा अडिग रूपमा उभिएको बताउदै भने, ‘म पार्टीबाट नबरालिएको मान्छे हो। आजसम्म कुनै मोडमा बाटो नबिर्सिएको छवि बनाएको छु।’

प्रेस चौतारी नेपालको सफल अध्यक्षको छबि बनाएका अर्यालले उपत्यका बिशेष प्रदेश कमिटीको सचिवालय सदस्य, गुल्मी काठमाडौ सम्पर्क मंचको अध्यक्ष , अनेरास्ववियु गुल्मी काठमाडौ सम्पर्क कमिटी अध्यक्ष , अनेरास्ववियु गुल्नी सचिवालय सदस्यका रुपमा काम गरिसकेका अर्यालले पछिल्लो पटक गुल्मीको भूगोलमा रहेर पार्टी संगठनमा निरन्तर खटिरहेका छन् ।

अर्याल कुशल संगठन मानिन्छन् । अर्याल प्रेस चौतारीको अध्यक्ष भएको बेला चौतारीले पत्रकारहरुको साझा मोर्चा तथा संस्था नेपाल पत्रकार महासंघ, सामुदायिक रेडियोहरुको संगठन सामुदायिक रेडियो प्रशारक संघ, रेडियो सञ्चालकहरुको छाता संगठन ब्रोडकास्टिङ एसोसिएसन अफ नेपाल ९बान०, टेलिभिजन कर्मीहरुको संगठन, महिलाहरुको संगठन सञ्चारिका समूह, आदिवासी जनजाति पत्रकारहरुको संगठन नेपाल आदिवासी जनजाति महासंघ लगायतमा चौतारीले जित हासिल गरेका थिए ।

केपी ओलीको विकल्प छैन
चौतारीका पूर्व अध्यक्ष अर्यालले अहिले पार्टीमा अध्यक्ष केपी ओलीको बिकल्प नरहेको बताए । उनले भने, विभिन्न कारणले गर्दा देशमा देशको यो संकटपूर्ण स्थितिमा सहमतिबाट नेतृत्व निर्माण होस् भन्ने नै हो । आमपार्टी पंक्तिको मुड देखिएकै सकेको छ कि यो संकटपूर्ण अवस्थामा चाहिँ हामीलाई अझ केही समय केपी शर्मा ओलीको नेतृत्व चाहिन्छ भन्ने छ, अहिलेको परिवेश र परिस्थितिमा । केन्द्रीय कमिटीले पनि एक ढंगले त्यो व्यक्त गरेकै छ ।

विधान महाधिवेशनमा पनि त्यो प्रकट भएको छ । अहिले प्रतिनिधि चयनमा पनि त्यो देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्
ताजा समाचार