कुलमानको पार्टीमा डा. तारा दोस्रो मर्यादाक्रममा

धनगढी/ सुदूरपश्चिम प्रदेश सभाका स्वतन्त्र सदस्य डा. ताराप्रसाद जोशी उर्जामन्त्री कुलमान घिसिंगको उज्यालो नेपाल पार्टीमा दोस्रो बरियतामा रहने गरेर केन्द्रीय कमिटीमा बसेका छन् ।
डडेल्धुरा प्रदेश सभा ख बाट स्वतन्त्र प्रदेश सभा सदस्य जितेका जोशीले विगतमा एमालेको दुई पटक जिल्ला नेतृत्व हाकिसकेका छन् ।
एमाले विभाजनपछि केही समय माधव नेपालको एकीकृत समाजवादी पार्टीमा समेत लागेका जोशी ०७९ को चुनावमा स्वतन्त्र उम्मेदवार भएर निर्वाचित भएका थिए ।
उज्यालो नेपाल पार्टीको संयोजकमा कैलालीका अनुप उपाध्याय रहेका छन् । उनी उर्जा सचिव भइसकेका छन् भने । सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहको पहिलो कार्यकालमा ( ०७९ ०८१) मा उनी सुदूरपश्चिमको नीति तथा योजना आयोगको उपाध्यक्ष पनि बनेका थिए ।
उपाध्यायको कमिटी ५१ सदस्यीय छ ।




