झाँक्रीले गरिन, एमाले जाने संकेत

काठमाडौं, कात्तिक १९ गते/ नेकपा (एकीकृत समाजवादी० की नेतृ रामकुमारी झाँक्रीले पार्टीसँगको आफ्नो राजनीतिक यात्रा औपचारिक रूपमा समाप्त भएको घोषणा गरेकी छन्। बुधबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा उनले पार्टी एकताको प्रक्रियासँगै एकीकृत समाजवादी अब अस्तित्वमै नरहेको स्पष्ट पारिन्।
झाँक्रीले भनिन्, “सुरुवाती दिनमा हामीले ठूलो परिवर्तनको अभियान सुरु गरेका थियौं भन्ने विश्वास थियो। तर अहिले त्यो अभियान स्वाभाविक रूपमा अन्त्य भएको छ। हाम्रो अध्याय सकिएको छ, पार्टी विघटन भइसकेको छ।”
उनका अनुसार हाल उनीहरू राजनीतिक रूपमा ‘पज’को अवस्थामा छन्। माधवकुमार नेपाललाई निर्वाचन आयोगसम्म पुर्याइएको घटनालाई लिएर आफू विवादको केन्द्रमा परेकी झाँक्रीले त्यसलाई ‘एउटा प्रतीकात्मक घटना’को रूपमा लिएकी बताइन्।
उनले भनिन्, “त्यो फोटोका कारण मलाई पार्टी विभाजनको मुख्य जिम्मेवार ठहर गरियो। तर त्यो त एउटा प्रतीक मात्र थियो। म विभाजनको प्रमुख पात्र थिएँ वा थिइनँ भन्ने कुरा इतिहासले नै बताउनेछ।”
झाँक्रीले अन्ततः पार्टीसँगको आफ्नो यात्रा टुंगिँदा आफैंलाई सन्तुष्टि लागेको बताइन्। उनका अनुसार, पार्टीको बाटो केही समयदेखि अवरुद्ध रहेको बुझेरै पनि विभिन्न प्रतिबद्धताका कारण निर्णयमा ढिलो भएको हो।




