१९ मंसिर २०८२, शुक्रबार

योगेशले दिए नेतृत्व हस्तान्तरणका दुई विकल्प, भण्डारीलाई पुनः पार्टीमा ल्याउन प्रस्ताव




काठमाडौं, असोज ३१/ नेकपा (एमाले) का सचिव योगेश भट्टराईले अध्यक्ष केपी शर्मा ओलीलाई पार्टीको नेतृत्व हस्तान्तरणका लागि दुई विकल्प सुझाएका छन्। ओलीले प्रस्तुत गरेको विशेष राजनीतिक प्रस्तावमाथि लिखित टिप्पणी दिँदै भट्टराईले पार्टी नेतृत्वमा सहजरूपमा रुपान्तरण आवश्यक रहेको बताएका छन्।

उनले सुझाएका दुई विकल्प यसप्रकार छन्ः
१ – कार्यवाहक व्यवस्था — ओलीले तुरुन्तै पार्टीका वरिष्ठ नेतालाई कार्यवाहक अध्यक्ष बनाउने र एघारौं महाधिवेशनमार्फत सहमति वा प्रतिस्पर्धाबाट नयाँ नेतृत्व चयन गरिने।
२- पूर्वघोषणासहितको महाधिवेशन — ओलीकै नेतृत्वमा महाधिवेशन सम्पन्न गर्ने तर पहिल्यै नेतृत्व नछाड्ने घोषणा गरी महाधिवेशनबाट नयाँ अध्यक्ष चयन गरिने।

भट्टराईले यीमध्ये कुन बाटो रोज्ने भन्ने निर्णय ओलीको ुअन्तरआत्माुमा छाड्ने उल्लेख गरेका छन्। उनले थप सुझाव दिँदै कार्यकारी पदमा ७० वर्षे उमेर सीमा र दुई कार्यकालको सीमा पुनः लागू गर्नुपर्ने र त्यो व्यवस्था संसदीय पाटोमा पनि लैजानुपर्ने बताएका छन्।

भण्डारीलाई पार्टीमा ल्याउन प्रस्ताव
पूर्वराष्ट्रपति तथा एमालेकी पूर्वउपाध्यक्ष विद्यादेवी भण्डारीको सदस्यता पुनर्स्थापना गर्नुपर्ने प्रस्ताव गर्दै भट्टराईले भनेका छन्,
संविधान मात्र होइन, आन्दोलन र पार्टी नै संकटमा छन्। यस्तो बेला भण्डारीको अनुभव र भूमिकाबाट पार्टीलाई थप एकताबद्ध बनाउनु जरुरी छ।

आन्दोलनको क्षतिका लागि माफी माग्नुपर्ने
जेनेरेसन जस्टिस (जेनजी) आन्दोलनका क्रममा भएको क्षति र हिंसाका लागि एमालेले जिम्मेवारी लिई जनतासँग माफी माग्नुपर्ने भट्टराईको भनाइ छ।
सरकारको नेतृत्व एमालेकै थियो, सुरक्षा हाम्रो जिम्मेवारी थियो, विफल भयौं — त्यसको जिम्मा लिएर माफी माग्नु जरुरी छ, उनले भनेका छन्।

प्रतिक्रिया दिनुहोस्
ताजा समाचार