विद्या भण्डारी र भीम रावललाई एमालेमा सक्रिय बनाउनुपर्छ

काठमाडौ, असोज ३० गते
नेकपा (एमाले) का केन्द्रीय सदस्स्य झपटबहादुर रावलले विद्या भण्डारी र भीम रावल लगायत सबैको कार्बाही फिर्ता गर्न माग गरेका छन् । एमालेको जारी केन्द्रीय कमिटीको बैठकमा बोल्दै रावलले हामी सबै भागेर लुकेकाहरूको भेला हो यथार्थपरक बनेर जानु पर्ने बताए ।
उनले देश गम्भिर संकटमा छ ,संबिधान मुर्छित छ, लोकतन्त्र घाइते छ र कम्युनिष्ट आन्दोलन विघटनको मोडमा रहेको विश्लेषण पनि गरे ।
नेता रावलले मुलुकमा विध्वंश बचाउन घनघोर षडयन्त्र र आकर्मणको सम्भावना टरेको छैन भन्दै जनता एकातिर हामी अर्कोतिर हिडिरहेका छौ भने ।
सरकार गठनको सात बुँदे काग्रेस र एमाले सम्झौता १४ महिनासम्म किन लागू भएन भन्दै रावलले २२ गते भन्दा अघिको र पछिको शक्तिसन्तुलन र सम्बन्धमा ब्यापक फेरबदल भएकोले एमाले सही तरिकाले अघि बढे मात्र एमाले र देशको हीत हुने बताए




