१८ मंसिर २०८२, बिहीबार

ओलीमाथि यसकारण लाग्दैन फौजदारी मुद्दा : एमाले नेता रिजालका छ तर्क



काठमाडौं, असोज २६/ नेकपा (एमाले) का केन्द्रीय सदस्य विष्णु रिजालले जेनजी आन्दोलनका क्रममा भएको हिंसात्मक घटनाका लागि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीमाथि फौजदारी मुद्दा लगाउन खोजिएको प्रयासलाई राजनीतिक प्रतिशोधको रुपमा व्याख्या गरेका छन्।

उनले राजनीतिक नेतृत्वकै आधारमा अपराध ठहर गर्न खोजे अन्य प्रधानमन्त्रीहरू वा जिम्मेवार पदमा बसेका धेरै व्यक्तिमाथि समेत फौजदारी अभियोग लाग्नुपर्ने तर्क गरेका छन्।

रिजालले सार्वजनिक गरेका छवटा प्रमुख तर्क यस्ता छन्
१ – राजनीतिक नेतृत्वमा अपराध ठहर हुन्न
भदौ २३ र २४ गतेको गोलीकाण्ड दुःखद् र अनपेक्षित भए पनि त्यसको राजनीतिक जिम्मेवारी ओलीले लिइसकेको उनले बताए। तर त्यसै आधारमा फौजदारी अभियोग लगाउनु उचित नहुने तर्क गरे। “यसो हो भने, बाढीपहिरोमा ज्यान गुमाउँदा प्रधानन्यायाधीश सुशीला कार्कीलाई समेत मुद्दा लाग्नुपर्नेरु” भन्ने प्रश्न गरेका छन्।

२ – ओली स्वयं निष्पक्ष छानबिनको पक्षमा छन्
रिजालका अनुसार ओलीले पटकपटक छानबिनको माग गरेका छन् र गोली प्रहरीले नै नचल्याको दावीसमेत गरेका छन्। यस्तो अवस्थामा प्रमाणको आधारमा निष्पक्ष छानबिन होस् भन्ने माग गर्नु साटो, उत्तेजक प्रचार र फौजदारी मुद्दाको हल्ला चलाउनु अनुचित भएको रिजालको भनाइ छ।

३ – राजनीतिक असफलता अपराध होइन
राजनीतिक नेतृत्वको सफल–असफलताले फौजदारी दायित्व जन्माउँदैन भन्ने दाबी गर्दै रिजालले विगतका घटनाहरूको उदाहरण दिएका छन्। सिंहदरबारमा आगलागी हुँदा कीर्तिनिधि विष्ट, होलेरी घटनामा गिरिजाप्रसाद कोइराला, सेनापति प्रकरणमा पुष्पकमल दाहालले राजीनामा त दिएका थिए, तर अपराधी ठहरिएनन्।

४ – सरकार परिवर्तनलाई प्रतिशोधको रुपमा नलिनु
नेपालमा व्यवस्था परिवर्तन हुँदा समेत प्रतिशोधको राजनीतिमा नलागिएको स्मरण गराउँदै रिजालले अहिले त केवल सरकार परिवर्तन भएको अवस्थामा पूर्व प्रधानमन्त्रीमाथि अपराधको आरोप लगाउनु खतरनाक संकेत भएको बताए।

५ – इतिहासमा यस्ता घटनामा फौजदारी अभियोग लाग्दैन
०४६ र ०६२र०६३ को आन्दोलनमा भएको जनधन क्षतिको छानबिन आयोगहरूबाट पनि कार्यकारी प्रमुखहरूमाथि कुनै फौजदारी कारबाही नभएको उनले स्मरण गराए। कार्की आयोगमाथि पूर्वाग्रही ढंगले काम गरेको आरोप पनि उनले लगाए।

६ – घटनाको जिम्मेवारी ठ्याक्कै प्रधानमन्त्रीको मात्रै होइन
उक्त दिनको भीड नियन्त्रण गर्न सकिने उपाय प्रयोग नगरिएको र उक्साहट कसले गर्‍यो भन्नेबारे छानबिन हुनुपर्ने उनले बताए। ूस्कुले पोशाकमा संसद भवन पुग्न कसले लग्योरुू भन्ने प्रश्न गर्दै, घटनालाई एकपक्षीय रूपमा ओलीको जिम्मेवारीमा मात्र थोपार्न नहुने तर्क राखे।

प्रतिक्रिया दिनुहोस्
ताजा समाचार