स्टेपिङ्ग स्टोन तेक्वान्दो डोजाङ्गको जुनियर बेल्ट ग्रेडिङ्ग

धनगढी/ नेपाल तेक्वान्दो संघको मातहतको स्टेपिङ्ग स्टोन तेक्वान्दो डोजाङ्गको जुनियर बेल्ट ग्रेडिङ्ग कार्यक्रममा शनिबार १०५ जना खेलाडीहरु सहभागिता भएका छन् ।
सो अवसरमा खेलाडीलाई सहभागिता बेल्ट ग्रेडिङ्ग प्रमाणपत्र स्कुलका भाईस पिन्सिपल, स्कुल कोरेन्टर तथा अभिभावकहरुको उपस्थितिमा प्रमाणपत्र वितरण गरिएको छ ।
ग्रेडिङ्ग कार्यक्रमका डोजाङ्ग प्रमुख आशिष चन्दको नेतृत्वमा ग्रेडिङ्ग संचालन गरिएको थियो ।






