बाजुराको सरकारी टोली बडीमालिका प्रस्थान

बाजुरा/ हिन्दुहरुको प्रमुख प्रमुख धार्मिक स्थल बडीमालिकाको विशेष पूजाका लागि सरकारी बाजुराको सरकारी टोली आज बिहान सदरमुकाम मार्तडीबाट डोलीसहित प्रस्थान गरेको छ ।
सो टोलीको सहायक प्रमुख जिल्ला अधिकारी शितलबहादुर रावलले नेतृत्व गरेका छन् । सो टोलीको बडीमालिका नगरपालिकाका वडाअध्यक्ष अर्जुन नाथको समन्वयमा टोलीले यात्रा आरम्भ गरेको हो ।
सो टोली चार दिनपछि चतुर्दशीका दिन साउन २३ गते बडीमालिका मन्दिरमा पुग्ने र त्यहाँ विशेष पूजा गर्ने कार्यक्रम रहेको छ । सो पूजाको सामाग्री लिएर प्रस्थान गरेको टोलीलाई नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरीले औपचारिक रूपमा सलामी अर्पण गरेर बिदाई गरेको छ ।
भक्तजनहरु बडीमालिकासंगै बाजुराको अर्को धार्मिक क्षेत्र बुढीनन्दातर्फ पनि गएको छ । मेलामा सहभागी हुन श्रद्धालुहरू केही दिन अघिदेखि नै मार्गतर्फ लागेका छन् ।
साउन २३ गते बडिमालिकासंगै बुढीनन्दामा मुख्य पूजा हुने भएको छ ।
बडीमालिका नगरपालिकाकी उपप्रमुख नन्दा थापाले बडीमालिकामा यस वर्ष अघिल्ला वर्षहरूभन्दा धेरै श्रद्धालुहरूको उपस्थिति हुने सम्भावना देखिएको बताइन ।
बडीमालिका र बुढीनन्दा धार्मिक जस्तै पर्यटकीय क्षेत्रमा समेत प्रसिद्ध छन् ।




