प्याब्सनको अध्यक्षमा सिंह निर्वाचित
धनगढी/ निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल धनगढी नगर समितिको चौथो अधिवेशनबाट सर्वसम्मत रुपमा कार्यसमिति चयन भएको छ ।
नयाँ कार्य समितिमा ध्रुवबहादुर सिंह अध्यक्ष, शारदा रेग्मी उपाध्यक्ष , लोकेन्द्र विष्ट सचिव , योगेन्द्र सिंह कोषाध्यक्ष , शान्ती भट्ट सहसचिव र लक्ष्मी पडाल सहकोषाध्यक्ष छानिएका छन् ।
यस्तै गरेर सदस्यहरु भुवन मल्ल, निर्मला पन्त, पुस्कर राज पाण्डेय, टिकाराम रेग्मी र हेमन्ती उप्रेती छानिएका छन् ।