तेस्रो राष्ट्रिय फ्रिस्टाइल रोल्लर स्केट प्रतियोगिता अन्तर्गत पहिलो दिन छनोट चरण पूरा
काठमाडौ/ नेपाल स्केटिङ तथा स्केटबोर्डिङ संघले वार्षिक रुपमा आयोजना गर्दै आइरहेको राष्ट्रिय फ्रिस्टाइल रोल्लर स्केट प्रतियोगिता अन्तर्गतको तेस्रो राष्ट्रिय फ्रिस्टाइल रोल्लर स्केट प्रतियोगिता २०८१ अन्तर्गतको आज पहिलो दिन छनोट चरणका खेलहरु पुरा भएको आयोजक संघका केन्द्रिय महासचिव सत्य थापाले जानकारी दिए ।
काठमाण्डौको गल्फुटार स्केटपार्कमा भएको राष्ट्रिय फ्रिस्टाइल रोल्लर स्केट प्रतियोगिता २०८१ पहिलो दिनमा २५० जना पुरुष र १५० जना महिला खेलाडीहरुको छनोट चरणका खेलहरु आज दिनभर चलेको थियो । दुई दिनसम्म चल्ने सो प्रतियोगिताको उद्घाटन राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङ्गले भोली गर्ने कार्यक्रम रहेको छ ।
पुरुष र महिला तर्फ खुल्ला फ्रि स्टाइल रोल्लर स्केट प्रतियोगिता अन्तर्गत प्रथम हुनेले १५ हजार द्वितिय हुनेलाई १० हजार र तृतिय हुनेलाई पाँच हजार रुपियाँ नगद सहित मेडल तथा प्रमाणपत्र प्राप्त गर्ने छन् । साथै प्रतियोगिताका विजेतालाइ दक्षिण कोरियामा आगामी जुन महिनामा आयोजना हुने एसियन रोल्लर डारबी प्रतियोगितामा सहभागी गराइने छ ।
बुढानिलकण्ठ नगरपालिका, फल्फुटारमा रहेको गल्फुटार स्केटपार्कमा राष्ट्रिय फ्रिस्टाइल रोल्लर स्केट प्रतियोगिता २०८१ सम्पन्न हुनेछ । रोल्लर स्केट खेल अन्र्तगत फ्रि स्टाईल विधामा जिकज्याक विधा खेलाइने आयोजक संघका महासचिवले जनाएका छन ।