७ पुष २०८१, आईतवार

राष्ट्रिय फ्रि—स्टाइल रोल्लर स्केट प्रतियोगिता मंसिर २९ र ३० काठमाडौमा हुँदै




काठमाडौ/
राष्ट्रिय फ्रि—स्टाइल रोल्लर स्केट प्रतियोगिता गल्फुटार स्केटपार्क काठमाण्डौ हुने भएको छ । मङ्सिर २९ र ३० हुने सो प्रतियोगिता २५० जना पुरुष र १५० जना महिला प्रतियोगीको सहभागिता रहने भएको छ ।

सो प्रतियोगिताको युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी उद्घाट्न गर्ने भएका छन् । र समापन राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिवले गर्ने कार्यक्रम रहेको नेपाल स्केटिङ तथा स्केटबोर्डिङ संघका अध्यक्ष अच्युत खनालले बताए ।

सो प्रतियोगितामा पुरुष र महिलातर्फ खुल्ला फ्रि—स्टाइल रोल्लर स्केट प्रतियोगिता अन्तर्गत प्रथम हुनेलाई १५ हजार, द्धितिय हुनेलाई १० हजार र तृतिय हुनेलाई पाँच हजार नगद सहित मेडल तथा प्रमाण—पत्र प्राप्त गर्ने स्केटबोर्डिङ संघका महासचिव सत्य थापाले बताए ।

रोल्लर स्केट खेल अन्तरगत फ्रि स्टाइल विधामा बेस्ट ट्रिक र बेस्ट रन विधा खेलाइने जनाइएको छ । नेपालमा वि. सं. २०७० सालमा नेपाल स्केटिङ तथा स्केटबोर्डिङ संघ राष्ट्रिय खेलकुद परिषद्मा विधिवत दर्ता भएदेखि निरन्तर सो संघले स्केटिङ तथा स्केटबोर्डिङ सम्वन्धी विभिन्न प्रतियोगिताहरु सञ्चालन गर्दै आइरहेको छ ।

तेस्रो राष्ट्रिय फ्रि—स्टाइल रोल्लर स्केट प्रतियोगिता २०८१ सम्म आईपुग्दा विराटनगर र काठमाण्डौमा सफलतापूर्वक भएको पनि अध्यक्ष खनालले बताए ।

खेलप्रति रुची राख्ने धेरै युवा पुस्ता हुँदाहुँदै पनि यो खेल धेरै पछाडि परिरहेको अवस्थामा यस खेलको उचित र वैज्ञानिक पर्वद्धन गर्न आफूहरु लाागिरहेको पनि महासचिव थापाले बताए ।

मा पुरुष र महिलातर्फ खुल्ला फ्रि—स्टाइल रोल्लर स्केट प्रतियोगिता अन्तर्गत प्रथम हुनेलाई १५ हजार, द्धितिय हुनेलाई १० हजार र तृतिय हुनेलाई पाँच हजार नगद सहित मेडल तथा प्रमाण—पत्र प्राप्त गर्ने स्केटबोर्डिङ संघका महासचिव सत्य थापाले बताए ।

रोल्लर स्केट खेल अन्र्तगत फ्रि स्टाइल विधामा बेस्ट ट्रिक र बेस्ट रन विधा खेलाइने जनाइएको छ । नेपालमा सन २०७० सालमा नेपाल स्केटिङ तथा स्केटबोर्डिङ संघ राष्ट्रिय खेलकुद परिषद्मा विधिवत दर्ता भएदेखि निरन्तर सो संघले स्केटिङ तथा स्केटबोर्डिङ सम्वन्धी विभिन्न प्रतियोगिताहरु सञ्चालन गर्दै आइरहेको छ ।

तेस्रो राष्ट्रिय फ्रि—स्टाइल रोल्लर स्केट प्रतियोगिता२०८१ सम्म आईपुग्दा विराटनगर र काठमाण्डौमा सफलतापूर्वक भएको पनि अध्यक्ष खनालले बताए ।

खेलप्रति रुची राख्ने धेरै युवा पुस्ता हुँदाहुँदै पनि यो खेल धेरै पछाडि परिरहेको अवस्थामा खेलको उचित र वैज्ञानिक पर्वद्धन गर्न आफूहरु लाागिरहेको पनि महासचिव थापाले बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार