३ आश्विन २०८१, बिहीबार

मुख्यमन्त्रीले भने – बयालापाटा अस्पतालको बजेट काटिएको छैन



धनगढी/ सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले अछामको बयालपाटा अस्पतालका लागि बजेट विनियोजन गरिएको बताउनु दावी गरेका छन् ।

नमुना अस्पतालका रुपमा सञ्चालित सो अस्पतालमा बजेट छुट्याएइन भनेर सामाजिक सञ्जालमा आक्रोश पोखिएपपछि मुख्यमन्त्री शाहको सो प्रतिक्रिया आएको हो ।

शनिबार कञ्चनपुरको बेलौरी नगरपालिकामा थारु जातिमा देखिने सिकससेल एनिमिया र थालेसिमिया रोगको पहिचान र निदानलाई प्रभावकारी कार्यान्वयन, नियन्त्रणका लागि स्थानीय तहहरुसंगको समन्वयमा निःशुल्क शिविरको उद्घाटनका क्रममा उनले विगतमा झै बयालपाटा अस्पतालमा बजेट छुट्याइएको बताए ।

प्रदेशसभामा बजेट सार्वजनिक गर्दा केही कन्फ्युजन भएको छ उनले भने, बयालपाटा अस्पतालका लागि अघिल्लो वर्ष प्रदेश सरकारले दिएको सुविधा यथावत राखिएको छ ।

अघिल्लो वर्ष नौ करोड रुपियाँ सो अस्पतालका लागि छुट्याएको थियो । म त्यहाँका जनतालाई यो विश्वास दिलाउन चाहन्छु कि बयालपाटा हस्पिटलका बारेमा केही कन्फ्युजन भयो, पहिला प्रदेश सरकारले दिँदै आएको सुविधामा कुनै कटौती हुने छैन उनले भने, त्यसमा पनि केही कमजोरी भए पनि समाधान गरेर हामी अगाडि बढ्ने छौ ।

अघिल्लो वर्ष बयालपाटा अस्पताललाई प्रदेश सरकारले नौ करोड बजेट विनियोजन गरेको थियो । यसपटक पनि सोही मात्राको बजेट दिइएको मुख्यमन्त्री शाहले बताए ।

सो अस्पताललाई कुन मोडलमा सञ्चालन गर्ने हो त्यस बारे दिगो समाधानका लागि पनि एक महिनापछि वृहत छलफल गर्ने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार