३ आश्विन २०८१, बिहीबार

गेटामा धनगढी स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालन हुन्छ : भट्ट



धनगढी/ नेकपा (माओवादी केन्द्र)का सुदूरपश्चिम इन्चार्ज तथा माओवादी सुदूरपश्चिमका दलका नेता खगराज भट्टले गेटामा स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालन हुने बताएका छन्।

स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनाको माग गर्दै सुदूरपश्चिममा आन्दोलन भइरहेका बेला पत्रकार सम्मेलन गर्दै सोमवार माओवादी दलका नेतासमेत रहेका भट्टले पार्टीको धारणा सार्वजनिक गरेका हुन्।

गेटामा विश्वविद्यालय स्थापना हुनुपर्ने पक्षमा माओवादी केन्द्र रहेको उनको दाबी छ। ‘बजेटमा त्रुटि भएको छ, त्यो त्रुटिलाई हामीले सच्याएर स्वास्थ्य विज्ञान विश्वविद्यालयलाई नै स्थापना हुनुपर्छ भनेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग कुरा गरेका छौँ,’ उनले भने, ‘गेटामा शहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय नै बन्छ। सबैले ढुक्क भए हुन्छ।’

प्रधानमन्त्रीले विश्वविद्यालय सञ्चालका लागि प्रक्रिया थालिएको बताएको नेता भट्टले बताए।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार