३ आश्विन २०८१, बिहीबार

ताराले मागे गेटा स्वास्थ्य विश्वविद्यालय बारे सरकारको धारणा



काठमाडौ/ कञ्चनपुर क्षेत्र नम्बर ३ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य तारालामा तामांगले शहिद दशरथचन्द्र स्वास्थ्य विज्ञान विश्वविद्यालय बारे सरकारको धारणा माग गरेका छन् ।

प्रतिनिधि सभाको आइतबारको बैठकमा भाग लिदै उनले कहिले हस्पिटल भन्ने, कहिले शहिद दशरथचन्द्र स्वास्थ्य विज्ञान विश्वविद्यालय भन्ने कहिले प्रतिष्ठान भन्ने तर गर्न खोजेको के हो स्पष्ट पार्नु पर्ने बताए ।

सरकारका दुईवटा सरकारले ल्याएको कार्यक्रम जस्तो नीति एउटा बजेट अर्को खालको छ उनले भने राष्टपतिले नीति तथा कार्यक्रम एउटा खालको छ प्रधानमन्त्रीको कुरा पनि त्यस्तै छ तर अर्थमन्त्रीले बजेटमा अर्को खालको कुरा छ । उनले गेटा शहिद दशरथचन्द्र स्वास्थ्य विज्ञान विश्वविद्यालयका विषयमा दुईवटा खालको कुरा आएको संकेत गरेकाख हुन ।

राष्टपति र प्रधानमन्त्रीको सुद्युरपश्चिमका जनताको माग सम्वोधन गरेका छन् । तर अर्थमन्त्रीको बजेट भाषणमा अर्को खालको कुरा आएकोले हामी सशंकित छौ त्यसैले सुदूरपश्चिमका जनता आन्दोलित छन् ।

हस्पिटल, शहिद दशरथचन्द्र स्वास्थ्य विज्ञान विश्वविद्यालय , प्रतिष्ठान , डडेल्धुरा टिचिंग अस्पताल भनेर सुदूरपश्चिममा केही बन्न नदिइने त होइन उनले भने चार पाँच सय करोड खर्चेर गेटामा संरचना बनाइएको छ त्यो खेर जानुहुन्न ।

बजेट दिशाहिन, खस्केको अर्थतन्त्रलाई उकास्न ध्यान नदिएको, किसानमुसी, श्रमजीविमुखी नभएको र संविधानको मर्म अनुसार समाजबादतिर मुन्टो पनि नफर्किएको बजेट भएको आरोप पनि उनले लगाए ।

प्रतिनिधि सभा सदस्य तामांगले बजेटले शुक्लाफाँटा आरक्ष पीडितको बारेमा नबोलेको, दैजी छेला औधोगिक क्षेत्रमा बजेट नपारेको, सहकारीलाई बेवास्ता गरेको पनि बताए । उनले महिलालाई बैदेशिक रोजगारमा पठाउने कि नपठाउने त्योे पनि स्पष्टरुपमा नआएको बताए ।

उनले जिल्ला निर्वाचन खारेजीको घोर विरोध गर्दछु पनि भनेका थिए । कसरी चुनाव खर्च घटाउने , निर्वाचनलाई कसरी राम्रो बनाउने भन्नेमा ध्यान दिनु पर्नेमा जिल्ला निर्वाचन कार्यालय बन्द गर्नु गलत हो उनले भने ।

https://fb.watch/l5EP5lnaT3/

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार