३ आश्विन २०८१, बिहीबार

सुदूरपश्चिममा पूर्व प्रदेश सभा सदस्य मञ्च गठन



धनगढी/ सुदूरपश्चिम प्रदेशमा पूर्व प्रदेश सभा सदस्य मञ्च गठन गरिएको छ। सुदूरपश्चिमका पूर्व सभामुख अर्जुनबहादुर थापाको संयोजकत्वमा शुक्रवार १३ सदस्यीय तदर्थ समिति गठन गरिएको हो ।

पूर्व प्रदेश सभा सदस्यहरुको भेलाले विधानसमेत पारित गरेको छ ।

संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानको रक्षा गर्दै प्रदेश सभाबाट पारित भएका कानूनहरुको कार्यान्वयन, थप उपलब्धिका लागि प्रदेश सभालाई सफल बनाउन योगदान गर्दै जनताका तर्फबाट खबरदारी गर्ने मञ्चको उदेश्य रहेको छ पूर्व प्रदेश सभा सदस्य महेश जोशीले बताए ।

सो मञ्चमा ४९ जना साधारण सदस्य छन् । प्रदेश सभा ५३ जनाको हुने भए पनि चार जना फेरि प्रदेश सभा सदस्यमा निर्वाचित भएका छन् ।

कार्यक्रममा पूर्व मुख्यमन्त्री तथा प्रदेश सभा सदस्य त्रिलोचन भट्टको समेत उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार