१८ बैशाख २०८१, मंगलवार

भोलीदेखि धनगढीमा दूध आपूर्ति बन्द हुने



धनगढी / दूधको मुल्य बढाउन माग गर्दै दुग्ध व्यवसायीहरुले बुधबारदेखि धनगढीमा अनिश्चितकालका लागि दूध आपूर्ति बन्द गर्ने भएका छन् ।

गाई र भैंसीलाई खुवाउने दानाको मुलय बढेर किसानहरुलाई घाटा भइरहेकोले किसानहरुको माग बमोजिम आपूर्तिकर्ताहरुको संगठन सेती महाकाली दुग्ध व्यवसायी संघले धनगढीमा बुधबारदेखि दूग्ध आपूर्ति बन्द गर्ने निर्णय गरेको हो ।

संघका अध्यक्ष विष्णु ढकालका अनुसार अहिले डेरी व्यवसायीहरुले आपूर्तिकर्ताबाट प्रतिलिटर ७० रुपियाँका दरले दूध खरीद गरिरहेका छन् । किसानहरुबाट आफूहरुले प्रतिलिटर ६० रुपियाँका दरले खरिद गरिरहेकोले किसानहरुका लागि प्रति लिटर १० रुपियाँ मूल्य बढाउन डेरी व्यवसायीहले आफूहरुबाट प्रतिलिटर ७० रुपियाँमा खरिद गर्नुपर्ने आफूहरुको माग रहेको अध्यक्ष ढकालले बताए ।

नेपाल सरकारको मातहतमा रहेको दुग्ध विकास संस्थानले चैत १ गतेदेखि नै दूधको मूल्य बढाएर आपूर्तिकर्ताबाट प्रतिलिटर ८० रुपियाँमा लिइरहेकोले डेरी व्यवसायीहरुले पनि सोही मूल्यमा दूध खरिद गर्नुपर्ने ढकालको भनाई छ ।

सेती महाकाली दुग्ध व्यवसायी संघमा आवद्ध आपूर्तिकर्ताहरुले मात्रै धनगढीमा दैनिक २० हजार लिटर दूध आपूर्ति गरिरहेको ढकालले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार