१८ बैशाख २०८१, मंगलवार

पूर्वराजाको नागरिक अभिनन्दन जेठ ८ गते हुने




धनगढी/ पूर्व राजा ज्ञानेन्द्र शाहको नागरिक अभिनन्दन कार्यक्रम जेठ ८ गते हुने भएको छ ।

नागरिक उन्मुक्ती पार्टीको वन्द कार्यक्रमका कारण ६ गतेको अभिनन्दन कार्यक्रम स्थगित भएको थियो ।

अभिनन्दन समारोह समितिका संयोजक जयन्त चन्दले शनिबार विहान पत्रकार सम्मेलन आयोजना गर्दे भने “ राजा ज्ञानेन्द्रवीर विक्रम शाहको अभिनन्दन कार्यक्रम जेठ ८ गते दिउँसो ३ बजे धनगढी रंगशालामा हुने कार्यक्रम छ । ”

सो कार्यक्रममा पूर्वराजाका परिवारका प्राय सबै सदस्य आउने बताइएको छ । पूर्वराजाका छोरा पारस शाह भने आउने नआउने निश्चित छैन ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार