३ आश्विन २०८१, बिहीबार

प्रदेश सरकार विस्तारको बाधा : चार मन्त्रालयका लागि छ जनाको दावेदारी



धनगढी / सुदूरपश्चिम प्रदेश सरकार विस्तारका लागि भागभण्डा बाधक भएको छ । मुख्यमन्त्री र दुई मन्त्री नियुक्त भएको तीन महिना पुग्न थाल्दा पनि सरकार विस्तार हुन सकेको छैन ।

माओवादीका प्रदेश सभा सदस्य ओमविक्रम भाट सरल गठवन्धनका दलको बुझाइका कारण सरकार विस्तारमा ढिलाई भएको बताउछन् ।

प्रदेश सरकारमा चार मन्त्री खाली छन् तर तीन दलले चाहना अनुसार छ मन्त्रालय आवश्यक हुने देखिन्छ । प्रदेश सरकारमा सात मन्त्री र तीन राज्यन्त्री बनाउन सक्ने संवैधानिक प्रावधान छ ।

उनले भने काँग्रेसले थप एक, माओवादीले तीन र नागरिक उन्मुक्तीले दुई मन्त्रालय पाउने अपेक्षा गरेका कारण मन्त्रीमण्डल विस्तारमा ढिलाइ भएको बताए । प्रदेश सभा सदस्य भाट शिर्ष नेताको बैठकले त्यो अन्योलता चाँडै अन्त्य गर्ने र मन्त्रीमण्डल विस्तार विश्वास गरे ।

उनले माओवादी संसदीय दलको बैठक पनि केन्द्रको स्पष्ट निर्णय आउन नसकेकोले बस्न नसकेको बताए ।

सत्तारुढ दलका अर्का प्रदेश सभा सदस्यका अनुसार शिर्ष तहबाट तीन माओवादी र एक उन्मुक्ती पार्टीले मन्त्री पाउने निर्णय हुनेछ । यस्तै गरेर काँग्रेस, उन्मुक्ती र एकीकृत समाजवादीले एक/एक राज्यमन्त्री पाउने छन् ।

अहिले मुख्यमन्त्री कमलबहादुर शाह, भौतिक पूर्वाधारमन्त्री प्रकाशबहादुर देउवा काँग्रेस र आर्थिक मामिलामन्त्री नरेशबहादुर शाही नेकपा (एकीकृत समाववादी) छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार