३ आश्विन २०८१, बिहीबार

आरक्ष पीडितको समस्या समाधानका लागि उच्चस्तरीय आयोग गठनको माग



काठमाडौं/ नेकपा (एमाले) का सांसद तारा लामा तामाङले कञ्चनपुरका आरक्ष पीडितको समस्या समाधानका लागि उच्चस्तरीय आयोग गठन गर्न माग गरेका छन् ।

मंगलबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै सांसद तामाङले उच्चस्तरीय आयोग गठन गरेर शुक्लाफाँटा वन्यजन्तु आरक्ष ९हाल राष्ट्रिय निकुञ्ज०बाट विस्थापित पीडितहरुको पुनस्र्थापना गर्न माग गरेका हुन् ।

‘कञ्चनपुर जिल्लाको शुक्लाफाँटा आरक्ष विस्तारको नाममा २०५८ सालदेखि विस्थापित आरक्ष पीडितहरु शिविरमा छन् । समस्या समाधानको नाममा दर्जनौं आयोग गठन गर्ने र कहिले पनि समाधान नहुने भएको हुनाले सरकारले छिटोभन्दा छिटो उच्चस्तरीय समिति गठन गरेर समाधान गर्नुपर्यो,’ उनले भने ।

सांसद तामाङले समस्या समाधान गर्न नसक्ने हो भने हुँदैन भनेर सरकारले जनतालाई सूसुचित गर्नुपर्ने र त्यसको जिम्मेवार सरकार हुने चेतावनीसमेत दिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार