३ आश्विन २०८१, बिहीबार

नेकपा (एस) कैलालीको अध्यक्षमा जोशी




धनगढी/ नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजबादी) कैलालीको अध्यक्षमा विमलप्रकाश जोशी चयन भएका छन् ।

आइतबार धनगढीमा बसेको पार्टीको विस्तारित बैठकले कैलाली जिल्लाको अध्यक्षमा जोशीलाई चयन गरेको हो ।

जोशी यसअघि जिल्ला उपाध्यक्ष थिए । एमाले कालमा पनि उनी कार्यालय सचिव थिए । उनी अनेरास्ववियूको हुँदै पार्टी राजनीतिमा आएका हुन ।

जिल्ला अधिवेशनबाट जिल्ला अध्यक्षमा छानिएका भैरवबहादुर रावल प्रदेश कमिटी सदस्यमा मनोनीत भएपछि जिल्लाको जिम्मेवारी जोशीलाई दिने निर्णय गरेको हो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार