३ आश्विन २०८१, बिहीबार

नारीले आफ्नो हैसियतमा राजनीति गरेको सहेनन् : आरजू राणा



काठमाडौ/ नेपाली कांग्रेसकी सांसद तथा कांग्रेस सभापति शेरबहादुर देउवाकी पत्नी आरजू राणा देउवा आज संसद वैठकमा बोल्दै आफूलाई भ्रष्टाचारका मुद्दामा जोडेर प्रचार गरिएकोमा आपत्ति जनाएकी छन् ।

राणाले आफ्नोमाथि उत्पन्न विवादलाई ‘लैंगिक विभेद’ को रुप दिन खोजिन् । नारीले आफ्नो हैसियतमा राजनीति गर्दा पुरुषहरुलाई सैह्य नभएको उनको टिप्पणी छ ।

आफ्नो श्रीमान ५(६ चोटि प्रधानमन्त्री बनेको र आफूहरुको सम्पत्तिको सबै विवरण सरकारसँग रहेको राणाले बताइन् । उनले अहिलेसम्म बनेका सबै सांसदहरुको सम्पत्ति विवरण सार्वजनिक गर्न पनि चुनौति दिइन् ।

आरजू राणा देउवा भनाइः

भ्रष्टाचारको कुरामा हामी साँच्चिकै कति सिरियस छौं भन्ने ठूलो प्रश्न उठेको छ । म नभएको दिन यहाँ मेरो नाम ईंगित गरेर अनेक प्रश्न उठाइयो । आज पनि उठेको पाएको छु । एउटा नारीले आफ्नो हैसियतमा राजनीति गरेको सैह्य हुँदैन रहेछ । पुरुषले भनेको ठाउँमा मात्रै नारी बस्नुपर्ने, पुरुषकै भाष्य बोल्नुपर्ने । नारी आफ्नो पब्लिक लाइफमा आयो भने पुरुषलाई असैह्य हुने । यो परिस्थिति बनेको छ । यो नेपालमा मात्रै नभएर अन्तर्राष्ट्रिय नै छ । त्यसको विरोधमा हो संविधान लेखेको । यसका लागि जसले जति क्रिटिसाइज गरे पनि‘ मैले केही बिराको छैन । डराउँदिन ।

हामी सम्पत्ति विवरण बुझाउँछौं । मेरो श्रीमान ५-६ चोटि प्रधानमन्त्री हुनुभएको छ । मेरो लगायत, हाम्रो सम्पत्ति विवरण नेपाल सरकारसँग सुरक्षित छ । म अनुरोध गर्न चाहन्छु, आजसम्म जति सांसद छौं, सबैको सम्पत्ति विवरण प्रकाशित गरेर वेवसाइटमा राखियोस । जनताले देखोस, कसको बढ्यो, कति बढ्यो, स्रोत के हो रु इन्डियामा हरेक महिना जुडिसियलका कर्मचारीले आफ्नो सबै हिसाब डिक्लीयर गर्नुपर्छ । हरेक महिनाको बिल बुझाउनुपर्छ । हामी त्यो कानून ल्याउन सक्छौं रु अरुलाई होच्याउन पाए जे पनि बोलेर हुन्छ ?

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार