३ आश्विन २०८१, बिहीबार

भौतिकमन्त्री देउवा र अमेरिकी राजदुतबीच भेटवार्ता




धनगढी/ सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री प्रकाशबहादुर देउवा र नेपालस्थित अमेरिकी दुतावासका राजदूत डिन आर थम्पसनबीच बुधबार धनगढीमा भेटघाट भएको छ ।

भौतिक पूर्वाधार मन्त्रालयमा भएको भेटघाटमा सुदूरपश्चिम प्रदेशको स्वास्थ्य, शिक्षा, कृषि, पर्यटन र भौतिक पूर्वाधार विकास बारे छलफल भएको मन्त्रीको स्वकीय सचिवालयले जनाएको छ ।

मन्त्री देउवासंग राजदूत थम्पसनले अन्तरप्रदेशको सम्वन्ध, सुदूरपश्चिम प्रदेश पछाडि पर्नुका कारण बारे चाँसो राखेका थिए ।
जवाफमा मन्त्री देउवाले काठमाडौबाट टाढा हुँदा सुदूरपश्चिम विकासमा पछाडि परेको भए पनि पछिल्लो समय विकास हुँदै गएको बताए ।

राजदूत थम्पसनले नेपालीलाई नेपालमै सीप सिकाएर यही काम गर्ने वा उद्यमी बनाउने गरेर कार्यक्रम ल्याउने आफूहरुको चाहना भएको पनि बताए ।

अमेरिकी राजदूतले सुदूरपश्चिम प्रदेशका जनतासंग सिधै काम गर्ने चाहना पनि व्यक्त गरेको भेटमा सहभागी मन्त्रालयका सचिव प्रेमदत्त भट्टले बताए ।

राजदूतले अमेरिकाद्धारा सुदूरपश्चिममा कैलाली र कञ्चनपुररमा सञ्चालित योजनाको अनुगमन गर्ने र यहाँका अगुवा नागरिकहरुसंग पनि अन्तरक्रिया गर्ने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार