३ आश्विन २०८१, बिहीबार

विष्णु पौडेल नेतृत्वको टोलीले रावलसित वार्ता गर्ने



काठमाडौं / सुदूरपश्चिम र कर्णालीमा विभिन्न गतिविधी गरिरहेका नेकपा (एमाले) पूर्वउपाध्यक्ष डा. भीम रावलसँग संवाद गर्न एमालेले तीन सदस्यीय टोली गठन गरेको छ ।

शनिबार काठमाडौंमा बसेको एमालेको सचिवालय बैठकले पार्टी उपाध्यक्ष विष्णु पौडेलको संयोजकत्वमा प्रदेश इञ्चार्ज लेखराज भट्ट र सहइन्चार्ज कर्ण थापा सदस्य रहेको समिति गठन गरेको पार्टीका उपमहासचिव तथा प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।

‘पार्टीका पूर्व उपाध्यक्ष भीम रावलले पार्टीको विधि विधान नमानी पार्टीमै रहेकोले उहाँसँग संवाद गर्न समिति बनाइएको हो,’ गुरुङले भने ।

एमाले र सार्वजनिक विषयमा फटाफट ट्वीट गरेर टिप्पणी गर्ने नेता रावलले वार्ता समिति बारे भने कुनै टिप्पणी गरेका छैनन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार